arrow

एकल नेतृत्व उठाएर इतिहास दोहोर्‍याउने दाउमा लोकतान्त्रिक इन्जिनियरहरू

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
NEA-Logo.jpeg
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनमा चुनावी सरगर्मी चुलिएको छ । नयाँ नेतृत्वको लागि यही भदौ ३१ गते हुन लागिरहेको निर्वाचनको लागि विभिन्न राजनीतिक दल निकट इन्जिनियरहरू एक आपसमा ध्रुवीकरण भएर चुनावी मैदानमा उत्रिएका छन् । 
 
झण्डै एक महिना अगाडि नै गत साउन २४ गतेदेखि सुरू भएको मनोनयन साउन २९ गते नामावली फिर्ता लिने मितिसम्म कूल ५ वटा समूहले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । ५ वटै टोलीले अहिले चुनावी प्रचार प्रसारमा तीब्रता दिएको बताएको छ । 
 
यसको लागि नेपाली काँग्रेस निकट इन्जिनियरहरूको संस्था लोकतान्त्रिक इन्जिनियर समूहले यस पटक एउटा मात्रै उम्मेदवार उठाउने भएको छ । तोकिएको मितिसम्म अध्यक्ष पदका लागि हरेराम श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो । धेरै लोकतान्त्रिक विचारधाराका इन्जिनियरहरूको बाहुल्यता रहेको एशोसिएसनमा यस अघि  दुईवटा उम्मेदवार रहेको भएपनि लोकतान्त्रिक इन्जिनियरहरूको तर्फबाट ध्रुव थापा विजयी भएका थिए । तर, यस पटक भने एउटै उम्मेदवारले उम्मेदवारी दिएकोले लोकतान्त्रिक पक्षको विजयको सम्भावना बढी रहेको इन्जिनियरहरू बताउँछन् । 
 
कूल २० जनाको निर्वाचन हुनेमा १५ जना इन्जिनियर एशोसिएनको लागि र ५ जना इन्जिनियर काउन्सिलको लागि चयन हुने व्यवस्था रहेकोमा लोेकतान्त्रिक समूहले अध्यक्षमा हरेराम श्रेष्ठ, उपाध्यक्षमा उमाशंकर शाह, महासचिवमा उमेश थानी, उपमहासचिवमा रवि भूषण झा र कोषाध्यक्षमा सुषन वैद्य रहेको महाधिवेशनका लागि लोकतान्त्रिक समूहबाट प्रचारप्रसारको जिम्मा पाएको लोकतान्त्रिक युवा इन्जिनियर समूहका सह संयोजक विश्वराज काफ्लेले जानकारी दिए । 
 
त्यस्तै, एमाले निकट प्रगतिशील इन्जिनियर समूहको तर्फबाट योजना आयोगकी सदस्य समेत बनिसकेकी सुमित्रा अमात्यले अध्यक्षमा उम्मेदवारी दिएकी छिन् भने महासचिवमा प्रदीप अधिकारी रहेका छन् । त्यससँगै माओबादी केन्द्र निकट गणतान्त्रिक इन्जिनियर समूहबाट अध्यक्षमा जगत कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यस्तै, बाबुरामको नयाँ शक्ति निकट स्वतन्त्र इन्जिनियर्स प्यानलबाट बुढीगण्डकी जलविद्युत आयोजनाका प्रमुख समेत रहेका लक्ष्मीप्रसाद देवकोटा उम्मेदवार बनेका छन् भने नेपाल मजदूर किसान पार्टी निकट इन्जिनियरहरूको तर्फबाट रविन्द्र फुजुले अध्यक्षमा उम्मेदवारी दिएका छन् । 
 
कूल १२ हजार भन्दा बढी मतदाता रहेको एशोसिएसनमा ६ं० प्रतिशत भन्दा बढी मतदाताहरू लोकतान्त्रिक समूहको रहेको समूहका इन्जिनियरहरूको दाबी छ । भदौ ३१ गते हुने निर्वाचन काठमाडौं बाहिर पनि विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, पोखरा, भरतपुर, बुटवल, नेपालगञ्ज र धनगढीमा समेत सञ्चालन हुने पनि सहसंयोजक काफ्लेले जानकारी दिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ