arrow

प्रेमजालमा पारी नेपाल बोलाएर अपहरण

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
kidnapped.jpeg
काठमाडौं  । भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्द अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो । कसैले घर कहाँ हो भनेर सोध्यो भने उनले ‘जुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन छ त्यही मेरो’ भन्थे । 
 
सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखी भएको छु भन्ने उनलाई कहिलै हेक्का भएन ।
 
त्यो घर उनी जहाँ मस्तको निन्द्रा निदाउँथे र आरामको जीन्दगी बाँचिरहेका थिए । यसवर्ष त्यसकै कारण उनको झण्डै ज्यान गएको थियो ।
 
उनको धन दौलत देखेर आरिस गर्ने छिमेकीको योजनामा बुनिएको प्रेमको नाटकमा परी अपहरित अहमद मुस्किलले बाँचेका छन् । 
 
भैरहवाकी एक युवतीसँग फोनैफोनमा चिनजान भएर उनी यसैसाता घुम्न पोखरा आएका थिए । त्यतिखेर मात्रै उनी छाँगाबाट खसे जब युवतीले उनलाई आफ्नो घर हो भनि लगेको ठाउँमै थुनिनुपर्यो । 
 
भदौ १२ गते उनी लेखनाथ नगरपालिका९८ सिसुवामा अशोक अधिकारीको एक कोठामा बन्धक बने ।
 
झ्यालबाट झरेर निस्कदाँ चोरको बात लाग्यो र प्रहरीकहाँ बुझाइयो । प्रहरीले तलासी लिएपछि बल्ल खुल्यो, उनी त अपहरणमा परेका रहेछन् । 
 
यता उनी कोठामा थुनिएका थिए । उता उनका दाजुसँग एक करोड रूपैयाँ माग्दै फोन पुगिसकेको थियो । ‘नदिए मार्ने धम्की दिएका रहेछन्’, कास्की प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धि बज्राचार्यले भने । (अन्नपूर्ण पोस्ट् दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ