arrow

जिब्रो सिलाएर कहिलेसम्म बस्ने?

logo
सावित्रा सुवेदी,
प्रकाशित २०७३ भदौ १९ आइतबार
sabitra-subedi.jpeg
अनेरास्ववियुकी रामकुमारी झाक्रीलाई पोखरा महाधिवेशनमा मतदान गर्न पुगेर कम्युनिस्ट राजनैतिक चिन्तन, संस्कार र विधिलाई स्विकार गर्दै समाज परिवर्तनको अभियानमा अगाडि बढे। राजनीति सहज र सरल हुँदैन। बाधा व्यवधानका बाबजुत र विकसित नेपाली राजनीतिसँगै स्वतन्त्र ढङ्गबाट मेरा कदमहरु अगाडि बढे।
 
यसै क्रममा ठुलो अनुरोध र बिन्ती पश्चात् म अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बने। समाजमा देखिएका जटिलता र सामाजिक कु-सङ्गतीका विरुद्ध कलम चलाउने मेरो कदमले संगठनको मुल्य-मान्यता बाहिर गएको र पार्टी नीति र नेतृत्वको विरोध गरेको भन्दै कार्वाही गरियो।
 
मेरा विरुद्ध प्रेस विज्ञप्ति नै निकालियो। मलाई गर्व छ जहाँ बसेर सत्यता, जनपक्षीयता र जनतन्त्रको वकालत गर्न पाइदैन त्यहाँ बस्नुको औचित्य थिएन्। कामरेडहरुले प्रिय निर्णय गर्नुभयो। मलाई थाहा छ "मान्छेको जिन्दगीमा हजार अवसर आउछन् तर दुनियाँ बदल्ने अवसर एकचोटि मात्रै प्राप्त हुन्छ" ।
 
एउटा अवसर जहाँ कैदी जस्तो बनेर जिब्रो सिलाउनुपर्ने अवस्थाबाट खुल्ला जीवनमा पुगेको अनुभव भएको छ। समाजका बौद्धिक साथीहरू, विधावारिधी सकेर यो समाज रुपान्तरणका लागि रचनात्मक र सिर्जनात्मक गतिविधि आवश्यक छ भन्ने साथीहरूको जमातबाट स्थापित नेपाल समाजवादी पार्टीको भातृसंगठन नेपाल प्रगतिशील महिला संगठनको अध्यक्षको रुपमा देखा पर्दै छु।
 
म आज पनि भन्न चाहन्छु, वर्गीय आरक्षण आजको आवश्यकता हो। जसरी जातीय आरक्षण बाँडिदै छ त्यसले देशमा हजारौं सिके राउतहरु जन्म गराउँछ। हाम्रो राष्ट्रियता, अखण्डता र सार्वभौमिकता माथि खेलवाड हुँदैँछ। जातीयतामा देशलाई बन्धक बनाएर आम नेपालीको सम्वृद हुने सपनामाथि कुठाराघात गरिदैछ। राष्ट्रियतामाथि सम्झौता गरेर सरकार चलाउने र भारतीय आशिर्वादमा राजनेता कहलिने दिन गए।
 
आज विश्व ध्रुवकृत हुँदै आधुनिकरण र विश्वव्यापीकरणको चरम प्रभाव परिरहँदा, विकसित नेपाल प्रतिस्पर्धी नेपाल निर्माण गर्ने कि नगर्ने? स्वरोजगार, स्वदेशी उत्पादन र विकसित नेपालका लागि पहल गर्ने कि नगर्ने? आदिम कालको राजनैतिक अभ्यासलाई तिलाञ्जली दिँदै नयाँ सिराबाट राजनीति अगाडि बढाउने की नबढाउने?
 
अनुत्पादक शैक्षिक प्रणाली माथिको परिमार्जन, उदार महिलावाद(नारीवाद), कृषिमा जोड दिएर हरित क्रान्ति, सामाजिक सुरक्षा र राष्ट्रिय दायित्व आजको राजनैतिक आवश्यकता हो। वर्गीय रुपमा राज्यको पुनर्संरचना हुन नसक्नु गंभिर त्रुटि रहि आएको छ। हामीमा राजनैतिक अन्धवाद र जातीय अन्धवाद हुर्कदै छ। त्यसलाई त्याग्न आवश्यक छ। वर्गीय आन्दोलनको पक्षपाती हुदै, आम नेपाली जनता र समाजलाई नयाँ दिशामा अगाडि बढाउन जरुरी छ।
 
हजार मुर्खहरुलाई उफारेर गफत राजनैतिक चिन्तनको स्थापित गर्ने होइन कि सय विद्वानलाई साथ लिएर विकसित नेपाल समृद्ध नेपाल बनाउने हाम्रो सोच छ। तपाईंलाई थाहा छ ग्यालिलियो ग्यालिलीलाई पनि पागल भन्दै कैद गराईएको थियो। अल्बर्ट आइन्स्टाईनलाई जर्मनबाट निर्वासनमा पठाईएको थियो। तर उनीहरुले संसारलाई हल्लाए, आफ्नो क्षमता देखाए।
 
आज मलाई संगठनले निस्कासन गर्दा मलाई खुशी लागेको छ, किनकि म दृढ इच्छाशक्ति र सबल दृष्टिकोणका साथ समाज परिवर्तनको अभियानमा छु। थप जिम्मेवारीका साथ नेपाली समाजमा पुगिरहेको छु। वर्गीय आन्दोलनलाई सशक्त बनाउँदै, सम्वृद नेपाल निर्माण गर्नका निम्ति सबैलाई एकत्रित गर्ने प्रयास गर्दैछु र जातीय आन्दोलनको विरोधमा नेपाली समाजलाई विकसित गराउँदै छु। जय नारी। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ