arrow

इन्धन ट्याङ्कर र बस ठोक्किदाँ ३८ जनाको मृत्यु, २८ बढी घाइते

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
accideno-of-afghan_zabul.png
काठमाडौं । अफगानिस्तान राजधानी काबुलस्थित कनदहरको दक्षिणी राज्यमा आइतबार बिहान एक इन्धन ट्याङ्कर र यात्रुवाहक बस एकआपसमा ठोक्किदाँ ३८ जनाको मृत्यु भएको छ । 
 
दुर्घटनामा २८ बढी घाइते भएको एक स्थानिय अधिकारीलाई उद्रित गर्दे रोयटर्सले जनाएको छ । सो दुर्घटना राजधानी काबुल र कनदहरको दक्षिणी राज्यलाई जोड्ने मुख्य राजमार्गमा भएको हो । 
 
जाबुल प्रहरी प्रमुखलाई उद्रित गर्दे रोयटर्सले मृतक मध्य ६ जनाको सनाखत भएपनि अन्यको शरिर जलेको कारण पहिचान हुन नसकेको जनाएको छ । 
 
बसमा ६० बढी यात्रु सवार थिए । इन्धन ट्याङ्करको चालक र अर्का एकजना यात्रुको पनि घटनास्थलमै मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ