arrow

अमिताभ र आमिर पहिलो पटक ठगमा

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
aamir-khan-amitabh-bachchan1.jpeg
 एजेन्सी । बलिउडका  शहंशाह अमिताभ बच्‍चन र मिस्टर परफेक्टनिस्ट आमिर खान एउटै चलचित्रमा अभिनय गर्ने भएका छन् । दुई दिग्‍गज अभिनेताहरु यशराज ब्यानरमा बन्ने चलचित्र ठग मा देखिने भएका हुन् ।
 
चलचित्र पिंकको प्रचारको क्रममा रहेका अमिताभ बच्‍चनले भने , ‘आमिर खान र यशराज ब्यानरसँगै काम गर्न पाउनु मेरो लागि खुशीको कुरा हो ।’
 
चलचित्र ठगको बिषयमा लामो समय देखि अडकलवाजि गरिएको थियो । पहिला चलचित्रमा  ऋतिक रोशनलाई खेलाउने तयारी भएको थियो । तर अचानक ऋतिक रोशनले चलचित्रमा अभिनय गर्न चाहेनन् । त्यसपछि यशराज ब्यानरले चलचित्रमा अभिनय गर्न आमिर खनलाई प्रस्ताव गरेको हो ।
 
बलिउडका दुई हस्ती एकै पर्दामा देखिनुको मज्जा भने बिषेश  हुनेछ। अमिताभ बच्‍चन र शाहरुख खान कयौ पटक पर्दामा देखिसकेका छन् ।  अमिताभ र आमिरले अभिनय गरेको पहिलो चलचित्र नै ठग हुनेछ ।
 
चलचित्रको निर्देशन विजय कृष्‍णा आचार्य गर्ने छन् । यदि चलचित्रमा प्रविधिक त्रुटि नभएमा चलचित्र आँउदो बर्षको क्रिसमिसमा रिलीज हुनेछ । क्रिसमिस आमिर खानको खास समय हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ