arrow

विश्वकप छनोट फुटबल : सन् २०२२ को आयोजक कतारले उज्बेकिस्तानसँग खेल्ने

दक्षिण कोरियाले सिरियाको समना गर्दैछ

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
World_Cup_Russia_Fifa.jpeg
काठमाडौं। यतिखेर सबै महादीपमा विश्वकप फुटबल छनौट खेलको चटारो छ । सबै मुलुकहरु रसियामा हुने २०१८ को विश्वकप फुटबलमा छनौट हुन कम्मर कसेर लागेका छन् ।
 
तसर्थ विश्वकप फुटबल छनौट खेल अन्तर्गत आज एसियाबाट तीन खेल हुँदैछ । पहिलो खेलमा इरानले चीनको सामना गर्देछ । खेल नेपाली समय अनुसार ५:२० मा सुरु हुनेछ । हालसम्म विश्वकप फुटबलमा इरान चारपटक छनौंट भइसके पनि चीन भने एकपटक पनि छनौंठ हुन सकेको छैन ।
 
आजै हुने दोस्रो खेलमा दक्षिण कोरियाले सिरियाको समना गर्दैछ । खेल पौने ६ बजे सुरु हुनेछ । विश्वकप फुटबलमा एसियाबाट दक्षिण कोरियालाई बलियो टिमको रुपमा हेरिन्छ । 
 
आठपटक विश्वकप खेलिसकेको दक्षिण कोरिया सन् २००० को विश्वकपमा चौथो स्थान हाँसिल गर्न सफल भएको थियो । दक्षिण कोरिया र जापानले सयुक्त रुपमा सन् २००२ को विश्वकप फुटबलको आयोजना पनि गरेको थियो ।
 
आजै राति हुने अन्तिम खेलमा विश्वकप फुटबल २०२२ को आयोजक कतारले उज्बेकिस्तानसँग खेल्दैछ । खेल पौने १० बजे सुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ