arrow

अपशब्द प्रयोग गरेको भन्दै ओबामाले गरे फिलिपिन्स राष्ट्रपतिसँगको बैठक खारेज

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
obama-best.jpg.jpeg
एजेन्सी। आफुलाई अपशब्द प्रयोग गरको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले विवादस्पद फिलिपिनी राष्ट्रपति रोडरिगो डुटर्टीसँगको बैठक खारेज गरेका छन् । केही समय अगाडि राष्ट्रपति डुटर्टीले ओबामालाई बेश्याको छोरा भनेका थिए । यद्यपी डुटर्टीले ओबामामाथि प्रयोग गरेको अपशब्दप्रति पछुतो मानेका छन् । 'यदि तत्काल कारण भनेको केही प्रेसको प्रश्नप्रतिको मेरो कडा प्रतिकृया थियो भने जसले चासो र पीडा उठायो, हामी पनि पछुतो मान्छौं अमेरिकी राष्ट्रपति माथि व्याक्तिगत प्रहार हुन गएकोमा' राष्ट्रपति कार्यालयको विज्ञप्तीलाई उद्रित गर्दे बीबीसीले जनाएको छ । 
 
'म ओबामासँग झगडा गर्न चाँहदिन । ऊ विश्वकै शक्तिशाली राष्ट्रपति हो' डुटर्टीले भने । ओबामाले आफुले डुटर्टीसँग केही रचानात्मक र उपलब्धिमुलक वार्ता गर्न प्रयास गरेको बताएपनि पछि ह्वाइट हाउस प्रवक्ताले भेटवार्ता खारेज भएको जानकारी दिएका थिए । दुबै राष्ट्रपति लाओसमा आयोजित पूर्वीदक्षिण एसियाली राष्ट्र संघठनको शिखरको लागि सहभागि भएका हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ