arrow

चिकित्सक सङ्घको आज चुनाव

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
Doctor-np.jpeg
काठमाडौँ। नेपाल चिकित्सक सङ्घको उपत्यकाभित्रको चुनाव आज हुँदैछ। आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिका अनुसार आजदेखि २५ गतेसम्म दोस्रो चरणको चुनाव हुन लागेको हो। यसअघि भदौ १७ र १८ गते उपत्यका बाहिरको चुनाव भइसकेको छ।
 
प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले उपत्यका बाहिरको चुनावमा मतदान गर्न छुटेका मतदाताले पनि आएर मतदान गर्न पाउने बताए। मतदान सङ्घकै कार्यालय परिसर बागबजारमा हुँदैछ।  सङ्घका १३ पदाधिकारीका लागि दुईवटा प्यानलबाट २६ र एक स्वतन्त्र गरी २७ जनाको उम्मेदवारी परेको छ। कोसीमा एकजनाको स्वतन्त्र उम्मेदवारी परेको छ। निर्वाचन बिहान ११ देखि अपराह्न ४ बजेसम्म हुनेछ।
 
सङ्घमा हाल पाँच हजार ३०५ जना मतदाता रहेका छन्। तीमध्ये उपत्यका बाहिरको मतदाता सङ्ख्या एक हजार ५०० को हाराहारीमा रहेको छ। निर्वाचन अधिकृत रानामगरले उपत्यका बाहिर एक हजार ३६६ मत खसेको जानकारी दिए।  उनले आजदेखि शनिबार पाँच दिनसम्म हुने मतदानमा करिब तीन हजारभन्दा बढी मत खस्ने बताए। नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका दुई चरणको निर्वाचनमा प्रजातान्त्रिक चिकित्सक समूह र पेसागत समावेशी चिकित्सक समूह प्रतिस्पर्धामा छन्। काँगे्रस निकट मानिएको प्रजातान्त्रिक समूहबाट डा मुक्तिराम श्रेष्ठ र पेसागत समावेशी चिकित्सक समूहबाट डा रमेश ढकाल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रएका छन्। 
 
यसैगरी, प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा ढुण्डी पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मीप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी रहनुभएको छ भने समावेशी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा सन्तोष पौडेल, उपाध्यक्षमा डा सिवेन्द्र झा, महासचिवमा डा अजयकुमार मिश्र, कोषाध्यक्षमा डा रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समीर शर्माले चुनावी प्रतिस्पर्धामा छन‍्।
 
विसं २००७ मा स्थापित सङ्घमा अहिलेसम्म प्रजातान्त्रिक प्यानलले चुनाव जित्दै आएको छ। देशभर १७ हजार चिकित्सक भएपनि सबैलाई सङ्घमा आबद्ध गराउनु दुवै प्रतिस्पर्धी समूहका लागि चुनौतीको विषय हो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ