arrow

विकास समितिबाटै रोकियो बुढीगण्डकी आयोजनाको काम

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
budhi-gandaki.jpg.jpeg
काठमाडौं । बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजनाको पछिल्लो काम बुढीगण्डकी विकास समितिबाटै अल्झिएको  छ । यस विषयमा सुझाव सहित वातावरण मन्त्रालयबाट पत्र आएपछि पनि इआईए प्रतिवेदन अझै तयार हुन सकिरहेको छैन ।  यसअघिसम्म इआईएको कारणले काम रोकिएको थियो।
 
वातावरण मन्त्रालयमा साउन २६ र २७ गते बसेको सुझाव समितिको बैठकले सुझाव दिएसँगै अब यसको इआइए प्रतिवेदन कति छिटो स्वीकृत गर्ने भन्ने विषय बुढीगण्डकी विकास समितिबाट पठाईने इआईए प्रतिवेदनमा केन्द्रीत रहेको छ। तर, समिति भने अझै दुई साता भन्दा बढी समय इआईए प्रतिवेदन बुझाउनै लाग्ने बताउँछ । जसले गर्दा इआईए बुझाउन विकास समितिले नै ढिलाई गरिरहेको स्पष्ट हुन्छ । 
 
बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले समितिको इआईए सम्बन्धि हेर्ने कम्पनीको इन्टरनेशनल एक्सपर्टलाई देखाउन बाँकी रहेकोले अझै दुई साता जति लाग्ने जानकारी दिए । उक्त एक्सपर्ट फ्रान्समा रहेकोले ऊबाट यसको प्रतिक्रिया आएपछि मात्रै इहाईए मन्त्रालयमा बुझाईने जानकारी पनि दिए । यद्यपि ईआईए रिपोर्ट तयार भने भईसकेको पनि उनले स्पष्ट पारे । 
 
इआइए प्रतिवेदन पारित भएसँगै आयोजनाको भौतिक संरचना निर्माणको लागि बाटो खुल्ने छ । वातावरण मन्त्रालयले सुझाव दिएपछि सुझाव अनुसार समिति र मन्त्रालयले आफ्नो कन्सल्टन्ट मार्फत् इआइए प्रतिवेदनमा संशोधन गर्नुपर्नेछ ।  यसरी संशोधन गरेर वातावरण मन्त्रालयमा पठाएको बढीमा २० दिन भित्र इआइए स्वीकृत गरिसक्नुपर्ने प्रावधानसहितको कार्यविधि समेत स्वीकृत भइसकेकाले समेत बढीमा २० दिन भित्र इआइए स्वीकृत हुने वातावरण मन्त्रालयले जनाएको छ ।
 
सुझाव अनुसारको इआइए प्रतिवेदन तयार पारेर ल्याएको खण्डमा मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनालाई बढीमा २० दिनभित्र स्वीकृति दिइसक्ने व्यवस्था छ । अन्य परियोजनालाई भने बढीमा ६० दिनसम्म लगाउन सक्ने व्यवस्था रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ