arrow

गुप्ताका सहयोगी प्रहरी इन्सपेक्टर पनि खोरमा, तारालाई धम्क्याएर ७५ हजार कुम्ल्याएको आरोप

प्रेमी रन्जन रहेकै केन्द्रीय कारागार पुगिन् तारा

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
gupta-news.jpeg
काठमाडौं । गीता ढकाल हत्याकाण्डकी आरोपी तारा रेग्मीलाई धम्क्याएर पैंसा असुल्न खोज्ने पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई सघाउने प्रहरी निरीक्षकमाथि थप अनुसन्धान सुरु भएको छ । 
 
ललितपुर भैंसेपाटी बुङमती प्रभागमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल पण्डितलाई केही दिन अघि नै जिल्ला तानिएको र मंगलबार जिल्ला अदालत ललितपुरबाट ३ दिनको म्याद थप गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 
 
परिसरका अनुसार पण्डितले रेग्मीसँग ७५ हजार असूलेको आरोप छ । परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले भने, ‘थप अनुसन्धान भइरहेको छ ।
 
श्याम सुन्दरलाई सोमबार (हिजै) ४ दिनको म्याद थप गरेर अनुसन्धान थालिसकिएको छ ।’ अपराध गर्ने जो कोहीलाई छोडिदैन । यस्तै, प्रहरीले पीडित भनिएकी तारा रेग्मीलाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश हुन नसकेकामा मंगलबार अदालतमा पेश गरेको छ । 
 
रेग्मीलाई शसस्त्र प्रहरीका तत्कालिन डीआईजी रञ्जन कोइरालालाई पत्नी हत्यामा सघाएको आरोपमा अदालतले ११ महिना कैद सजाय सुनाएकामा फरार थिइन् । उनलाई कोइरालाले नै भगाएको बताइन्छ । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई केन्द्रिय कारागार चलान गरेको छ । 
रेग्मी पत्नी हत्या गर्ने बर्खास्त शसस्त्र प्रहरीका तत्कालिन डीआइजी कोइरालाकी प्रेमिका हुन् । कोइराला समेत केन्द्रीय कारागारमै कारावास काटिरहेका छन् । 
 
यस्तै, गुप्ता, कोइराला, रेग्मी र पण्डित सबैको केन्द्रीय कारागारबाटै दोस्तो सुरु भएको खुलेको छ । पहिले गुप्ताले कोइरालालाई चिनेका थिए । त्यसपछि रेग्मी र प्रहरी निरीक्षक पण्डित पनि डिल्लीबजार कारागारमै हुँदा गुप्ताको सम्पर्कमा आएका बताइएको छ । 
 
गुप्ता व्यापारी पवन संघाईको अपहरणमा दोषी प्रमाणित भई डिल्लीबजार कारागारमा पुग्दा यी सबैसंग चिनजान भएको हो । गुप्तालाई रेग्मीसंग कोइरालाले सम्पर्क गराएका थिए  । जेलमुक्त भएपछि निरीक्षक पण्डित गुप्तासंग झन् नजिकिएका बताइएको छ । 
 
केही दिन अघि प्रभागबाट जिल्लामा तानिएका पण्डितको वयानका आधारमा रेग्मी पक्राउ परेको एसएसपी अधिकारीले बताएका छन् । यस्तै, पण्डित र रेग्मीबारे गुप्ताले पनि मुख खोलेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ