arrow

डा. बाबुराम भट्टराईले जापानमा नयाँ शक्तिको बारेमा प्रवचन दिने

logo
संगिता कुँवर।
प्रकाशित २०७३ भदौ २१ मंगलबार
baburam-bhattari-FNL.jpg.jpeg
जापान। पुर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई जापान आउने भएका छन्। सेप्टेम्बर १८ तारिक आईतबार "नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यकता" विषयमा कार्यक्रमलाई सम्बोधन गर्न जापान आउने भएका हुन्। नयाँ शक्ति पार्टीको प्रवासी संगठन जापानले आयोजना गरेको कार्यक्रम सुगीनामी कु उमेजातो १-२२-३२ सेसन सुगीनामी हल टोकीयोमा हुनेछ।
 
नयाँ शक्ति जापानका अभियन्ता तथा प्रवास प्रादेशिक समितीका सदस्य भुवन रोकाले देश निर्माणमा नयाँ शक्तिले अवलम्वन गरेका निती तथा कार्यक्रमहरु र त्यसमा विदेशमा बस्ने नेपालीहरुको भुमिकाबारे प्रष्ट पार्न डा. बाबुराम भट्टराई र प्रवास प्रादेशिक समितीका संयोजक नवराज सुवेदी जापान आउने कार्यक्रम रहेको  बताए। बिहान १० बजेदेखि सुरु हुने आन्तरिक कार्यक्रममा राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा प्रशिक्षण कार्यक्रम रहेको र १ बजेबाट हुने खुल्ला कार्यक्रममा "नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यकता" बिषयमा छलफल हुने बताईएको छ।
 
साथै उक्त छलफल कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधिहरु, एनआरएनए जापानका प्रतिनिधिहरु, अन्य राजनितीक संघ संगठनका प्रतिनिधिहरु, सामाजिक संस्थाका प्रतिनिधिहरु, व्यवसायी, पत्रकार लगायत जापानबासी नेपालीहरुको उपस्थिति रहने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ