arrow

रियो पारा ओलम्पिक : बालबालिकालाई खेल हेराउने अभियानमा राजकुमार ह्यारीको सहयोग

logo
प्रकाशित २०७३ भदौ २१ मंगलबार
rajkumar-sahayog.jpeg
काठमाडौं । बेलायती राजकुमार प्रिन्स ह्यारीले आसन्न रियो पाराओलम्पिक २०१६ मा स्थानीय बालबालिकालाई खेल हेराउन भनी चलाएको चन्दा संकलन अभियानलाई सहयोग गरेका छन् ।
 
‘फिल द सिट’ नामक अभियानले पारा ओलम्पिक आयोजकसँग १० हजार टिकट खरिद गर्न काम गरिरहेको छ ।
 
राजकुमार ह्यारीको योगदानपूर्व अभियानले ३ लाख अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेकामा ५३ हजार अमेरिकी डलर संकलन भइसकेको छ । 
 
रियो आयोजकले गत अगष्टसम्ममा उपलब्ध टिकट मध्ये १२ प्रतिशत टिकट बिक्री भइसकेको जनाएको छ । रियो पारा ओलम्पिक सेप्टेम्बर ७ देखि १८ सम्म ब्राजिलको रियो दि जेनेरियोमा हुँदैछ । 
 
राजकुमार ह्यारी गत मार्चमा नेपाल भ्रमणमा आएका थिए । कुटनीतिक भेटघाटसँगै ह्यारीले भुकम्प प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ