arrow

नेपाली क्रिकेटर सन्दीपको चर्चाको भारतले गर्‍याे डाहा, नवभारत टाइम्स के भन्छ ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
sandip-lamichhane-news-Aust.jpeg
काठमाडौंं । नेपाली क्रिकेटका उदयमान खेलाडी तथा लेग स्पिनर सन्दीप लामिछानेको अहिले देश विदेशमा चर्चा छ । यद्यपि, उनको चर्चाले छिमेकी भारतलाई डाहा भएको छ । भारतको नवभारत टाइम्सको अनलाइन पोर्टलले सन्दीपको चर्चाबारे समाचार लेख्दै नेपाली राष्ट्रिय टिमका एक उदयमान क्रिकेटरको कौशलप्रति डाहा गरेको छ । 
 
उसले समाचारको सुरुमै लेखेको छ, ‘भारतको छिमेकी देश नेपालको क्रिकेट नक्शामा खास कुनै हिस्सेदारी छैन । यो मुलुकको कुनै अन्तर्राष्ट्रिय टिम समेत छैन । यद्यपि, यहाँका लेग स्पिनर सन्दीप लामिछाने अहिले दुनियामा चर्चा बटुलिरहेका छन् ।’ उद्यपि, नवभारत टाइम्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप टि–ट्वेन्टी खेलिसकेको र स्वयं सन्दीपले नेदरल्याण्ड्सविरुद्ध खेलेको विर्सिएको छ । त्यसबारे केही लेखेको छैन । यद्यपि, नेपाल एक दिवसीय मान्यता प्राप्त भने भइसकेको छैन । 
 
उसले समाचारमा अगाडि लेखेको छ–अष्ट्रेलियन पूर्व कप्तान माइकल क्लार्कले सन्दीपको प्रतिभाप्रति मोहित भई सिड्नीस्थित आफ्नो एकेडेमीमा ट्रेनिङ दिने र आफ्नो क्लबमा खेलाउने निर्णय गरेका छन् । समाचारमा केही समय अघि हङकङमा प्रशिक्षणका क्रकमा २६ वर्षीय सन्दीपको प्रतिभा देखेर क्लार्कले यो निर्णय गरेको उल्लेख छ ।
 
क्लार्कले सन्दीपलाई असाधारण प्रतिभाको धनी भएका क्रिकेटर भनेको पनि समाचारमा उल्लेख छ । सिड्नीबाट लेखिएको सो समाचारमा सन्दीपका स्पोन्सर क्लार्कले खासमा यो रोमाञ्चक मौका हो । जब ट्यालेन्ट नेपाली क्रिकेटरले आफ्नो प्रतिभालाई निखार्नका लागि मेरो एकडेमी चुनेका छन् भनेको–उल्लेख छ । क्लार्कले मंगलबार मात्रै सन्दीपलाई आफ्नो वेस्टर्न सुबर्ब्सबाट क्लबाट खेल्नका लागि औपचारिक पत्र पठाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ