arrow

नेपाली भाषा बचाउलान् त डा अवस्थीले

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
nepali-bhasa.jpeg
काठमाडौं । सरकारले भाषा आयोगको अध्यक्षमा डा लवदेव अवस्थीलाई नियुक्त गरेपछि उनीमाथि नेपाली भाषा बचाउने ठेक्का परेको छ । तर अवस्थीले नेपाली भाषा बचाउलान् त ? भन्ने एकथरीको चिन्ता अझै गएको छैन ।
 
किनकि भाषामा राजनीति मिसिदा भएको अल्झनले नै नेपाली भाषामा समस्या थपिएको भन्ने भाषाविद्हरु धेरै छन् । यस्तोमा राजनीतिक नियुक्तिबाटै आइपुगेका अवस्थीले आफूलाई कुन रंगमा पोत्ने हुन् भन्ने चासो धेरैको छ । 
 
जसरी हिन्दू राष्ट्र नेपाललाई राजनीतिक प्रभावबाटै धर्म निरपेक्ष बनाइयो त्यसरी नै नेपाली भाषा बिगार्न लागिपरेकाहरुले आयोग बन्दैमा त्यसै छाड्लान् भन्ने छैन । अवस्थी पनि त्यही राजनीतिक प्रभावमा नपरुन् भन्नेमात्र हो । 
 
भाषा आयोगको अध्यक्षमा नियुक्त भइसकेपछि अध्यक्ष अवस्थीले आफू सरकारले तोकेको जिम्मेवारी पूरा गर्न तयार रहेको बताएका छन् । यसअर्थमा उनलाई ठूलो जिम्मेवारी दिइएको छ । 
 
नेपाली भाषाको मर्म मर्न नदिइ पुरानैलाई यथावत् राख्छन् वा नेपाली भाषा बिगारेपछि हुने फाइदातिर लाग्छन् त्यो हेर्न बाँकी नै छ । 
 
र पनि उनले संविधानले भाषा आयोगलाई मुख्यतः चारवटा काम तोकेकाले आफ्नो कार्यकालमा ती काम कुशलतापूर्वक सम्पन्न गर्ने उनको अठोट छ ।
 
 भाषा आयोगले सरकारी कामकाजको भाषाको विषयमा सरकारलाई सिफारिस गर्नेछ भने भाषाको विकास र विस्तारका लागि पहल गर्ने छ । 
 
तर विवाद नै नगरी चलिआएको भाषालाई कायमै राख्न पनि आयोग बनाउनु पर्छ र ? यसको जवाफ दिने हैसियत सरकारले राखेन र आयोग नै
 बनाएको छ । 
 
विद्यालयदेखि विश्वविद्यालयहरुमा वर्षौंदेखि जारी पठनपाठनको भाषालाई बिगारेर पनि कहीं भाषाको उत्थान हुन्छ र ? किनकि भाषा त जतिसक्यो सरल हुनुपर्छ । 
 
 
को हुन् अवस्थी ?
बैतडीको शङ्करपुर–६ मा बुबा अम्बादत्त अवस्थी र आमा गङ्गावतीदेवी अवस्थीको कोखबाट २०१५ सालमा लवदेव अवस्थीको जन्म भएको हो । डा अवस्थी हाल नेपाल सरकारको सचिव पदमा काम गरिरहेका छन् ।  
 
उनले आधारभूत शिक्षा भने शङ्करपुरमा रहेको शङ्कर संस्कृत उच्च मावि मूलखटालीबाट ग्रहण गरेका हुन् । गत महिना मात्रै सरकारले उनलाई सचिवमा बढुवा गरेर मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा पठाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ