arrow

रगत र दूधबाट पशु गर्भबारे तीस दिनमै पत्ता लाग्ने

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
cowfarm.jpeg
चितवन। पशुको गर्भ रहे नरहेको ३० दिनभित्रै पत्ता लगाउन सकिने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यकाअनुसार रगत र दूधबाट हर्मनको लेबल हेरेर गर्भाधान भए नभएको पत्ता लगाउन थालिएको हो । मुख्य रुपमा गाईमा यो परीक्षण गरिँदै आएको छ । 
 
पशुमा गर्भ रहेको तीन महिनापछि मात्रै पाठेघरमा हात हालेर गर्भ बसेको नबसेको एकिन गर्ने गरिन्छ । त्यसो गर्दा शतप्रतिशत एकिन गर्न भने कठिन हुने गर्दछ । भैँसी लगायतका अन्य जनावरमा पनि यो परीक्षण गर्न सकिने आचार्यले बताए । 
 
‘मिच्योल युनिभर्सिटी’ अमेरिकाका प्राध्यापकले पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटारमा गत वर्ष यस प्रविधिका बारेमा प्रशिक्षण दिएका थिए । सो पश्चात् कार्यक्रमका चिकित्सकहरुले गर्भाधान पहिचान कार्यलाई सफलतापूर्वक गरेका हुन् । आचार्यकाअनुसार तालिममा रहेका दुईजना चिकित्सकले उक्त प्रविधिबाट हालसम्म ४२ वटा गाईको गर्भपरीक्षण गरी नतिजा दिन सफल भएका छन् । 
 
‘एलाइजा’ प्रविधिबाट परीक्षण गर्दा किट महङ्गो हुने हुँदा एउटा पशुको गर्भपरीक्षण गर्न रु एक हजार २०० देखि रु एक हजार ५०० सम्मपर्ने प्रमुख आचार्य बताए । कार्यक्रममा आन्तरिक र बाह्य अनुसन्धान क्षेत्रमा मात्रै परीक्षण गरेको हुँदा निःशुल्क रुपमा काम गर्दै आएको छ । समयमै गर्भ रहे नरहेको थाहा पाउने भएपछि गर्भ नरहे अरु हर्मोन प्रयोग गरेर छिट्टै गर्भाधान गराउन सकिने हुँदा उक्त पद्दति नेपालको पशुपालनको क्षेत्रमा निकै फलदायी हुने देखिएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ