arrow

नयाँ सरकार गठनमा समर्थन जुटाउन ओली निवासमा वार्ता

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1473402901.jpeg
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भावी सरकार बनाउन आज ओली निवास बालकोटमा विभिन्न दलका नेताहरूबीच छलफल भएको छ । बिहानदेखि नै भएको छलफलपछि प्रतिक्रिया दिँदै एमाले वरिष्ठ नेता झलनाथ खनालले आज विभिन्न दलका नेताहरूसँग भएको छलफल सकारात्मक भएको बताउनुभयो । 
 
उहाँले भन्नुभयो, “आज बिहानदेखि नै विभिन्न साना दश राजनीतिक दल र मध्याह्न एकीकृत नेकपा (माओवादी) र राप्रपा नेपालबीच भएको छलफलमा उनीहरु अध्यक्ष ओलीलाई समर्थन गर्न सकारात्मक भएका छन्, एमालेलाई १५ दलले समर्थन गर्ने जनाएका छन् ।” छलफलमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले १६ बुँदे सहमतिअनुसार नै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा सर्मथन गर्ने निर्णय पार्टीले गरेको बताउनुभयो । 
 
सहमतिको प्रयास जारी रहेकाले नेपाली काँगे्रससँग पनि सहमतिको लागि वार्ता गरिने श्रेष्ठले बताउनुभयो । एमाओवादीले सहमति कै आधारमा सरकार गठनका लागि आजै काँग्रेससँग छलफल गर्ने भएको छ । छलफलमा एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, माले, जनमोर्चा नेपाललगायतका दलको सहभागिता रहेको थियो । छलफलमा एमालेका तर्फबाट अध्यक्ष ओली, नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, विद्यादेवी भण्डारी, अग्नि खरेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, नेता गिरिराजमणि पोखरेललगायत सहभागी हुनुहुन्थ्यो । 
 
एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य खिमलाल देवकोटाले नयाँ प्रधानमन्त्रीको चयनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सघाउने भनाइ अध्यक्ष पुष्पकमल दाहालको व्यक्तिगत निर्णय भएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले एमाओवादीले एमालेलाई सघाउने निर्णय नगरेको दाबी गर्नुभयो । 
 
एमालेका अध्यक्ष ओली आफ्नो नेतृत्वमा संविधान संशोधन गरेर भारतको जस लिन लागिपरेको र काँग्रेस नेतृत्वकै वर्तमान सरकारका प्रधानमन्त्री सुशील कोइराला आफ्नो कार्यकालमा संविधान संशोधन गरी जस लिने दाउमा रहेकाले समेत राजनीतिक सहमतिमा विरोधाभाष देखापरेको उहाँको टिप्पणी थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ