arrow

डा. गोविन्द केसी सरकारविरुद्ध नवौं अनशन बस्ने, माग पूरा गर्न ८ दिने अल्टिमेटम (के छ विज्ञप्तिमा?)

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
@ KC.jpg.jpeg
काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ गोविन्द केसीले आफुले राखेका माग पुरा गर्न सरकारलाई आगामी असोज २ गते सम्मको अल्टिमेटम दिएका छन् । 
 
डा. केसीले शनिबार दिउँसो त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी माग पूरा नभएमा पुनः नवौं पटक अनशन बस्ने घोषणा गरेका हुन् । केसीले एक विज्ञप्ति जारी गरी असोज २ गतेभित्र आफ्ना माग सम्बोधन नभए असोज ३ गतेबाट पुनः आमरण अनशन बस्ने घोषणा गरे । 
 
डा.केसीले चिकित्सा शिक्षा ऐनका विषयमा भएको सम्झौता कार्यान्वयन नभएको र भइरहेका काम समेत उल्टिने अवस्था आएको जिकरि गरेका छन् । 
 
केसीले जारी गरेको विज्ञप्तिमा पछिल्लो पटक भएको सम्झौता कार्यान्वयन नहसुने मात्र नभई चिकित्सा शिक्ष ऐन ल्याउने काम पर सारेर यसअघि घएका विभिन्न सम्झौताहरु समेत उल्टिने र आम मानिस तथा विद्यार्थीको हितको सट्टा मुठ्ठीभर व्यक्तिहरुको स्वार्थका लागि विविभन्न कदमहरु चालिने अवस्था आएको र त्यसका प्रारम्भिक कामहरु अहिले भित्रभित्रै भइरहेका उल्लेख छ । 
 
विभिन्न षड्यन्त्र र चलखेल रोक्न तथा हाल सम्म भएका सबै सम्झौता अविलम्ब इमान्दारीपूर्वक कार्यान्वयन गर्न सरकारलाई असोज २ गतेसम्मको अल्टिमेटम दिन चाहन्छौँ –विज्ञप्तिमा भनिएको छ । 
 
नयाँ ऐन नआउन्जेल थप मेडिकल कलेजलाई सम्बन्धन नदिने सम्झौता विपरीत एउटा मेडिकल कलेजलाई सम्बन्धन दिलाउन चलखेल भएको मात्र हैन माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनका क्रममा काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेज नखोल्ने भनेर राज्यले स्वीकारिसकेको मान्यतालाई कुल्चेर एउटा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिलाउन चलखेल भइरहेको विज्ञप्तिमा उल्लेख छ । 
 
यस्तै, अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्जनौं प्रमाणसहित भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेको फेहरिस्त हस्तान्त्रण गर्दा समेत संसदले महाभियोग त के सार्वजनिक महत्वको प्रस्तावमा छलफल समेत गर्न सकेन भनि कडा शब्दमा केसीले सरकार र सदन दुवैको ध्यानाकर्षण समेत गराएका छन् । केही दिन अघि मात्रै स्वास्थ्य मन्त्री गगन थापाले डा. केसीलाई भेटेर आफुले माग पुरा गर्ने बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ