arrow

परराष्ट्रमन्त्री भारत जानु अघि अर्थमन्त्री महरा चीनतर्फ प्रस्थान

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
Krishna_Bdr_Mahara.jpg.jpeg
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन चीन प्रस्थान गरेका छन् । महरा परराष्ट्रमन्त्री रामशरण महत भारत जानु अघि नै चीन गएका हुन् । 
 
६ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न महरा चीन गएको प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिए । 
 
सम्मेलन यही सेप्टेम्बर ९ तारिखदेखि १६ सम्म हुँदैछ । उद्घाटनलगत्तै उहाँ आइतबार नेपाल फर्कने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ