arrow

के होला गंगामायाको ? राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनिन् गंगामायाबारे

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
pm-prachanda-President-Bidhya-Bhandari-.jpeg
काठमाडौं । छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राख्दै अनशनरत गंगामाया अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो चिन्ता र चासो व्यक्त गरेकी छिन् ।
 
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीसँग शनिबार शीतलनिवासमा भेट गर्दा उनले आफ्नो चासो र चिन्ता व्यक्त गरेको स्रोतले उल्लेख गरेको छ ।
 
राष्ट्रपति भण्डारीसँग विभिन्न मानवअधिकारवादी नेताहरुले गंगामायालाई बचाउन आफ्नो सबै ‘नैतिक र संवैधानिक हैसियत’ प्रयोग गर्न लगातार दबाब दिइरहको पृष्ठभूमिमा उनले यो विषय प्रधानमन्त्री प्रचण्डसँग उठाएकी हुन् ।
 
प्रधानमन्त्रीले यसबारे ‘के गर्न सक्छु, हेर्छु’ भन्ने आश्वासन राष्ट्रपतिलाई दिएको स्रोतले बतायो । (अन्नपूर्ण पोस्ट् दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ