arrow

११ वर्षे बालिकाको सर्प साथी सर्प जिन्दगी

logo
प्रकाशित २०७३ भदौ २७ सोमबार
snake-girl.jpeg
हमिरपुर । कतिपय मानिस सर्पको नाम सुन्न बित्तिकै डराउँछन् । अगाडि देखे भने १२ हात टाढै बस्छन् । बच्चाबच्चीको के कुरा बुढाबुढी पनि भाग्छन् सानो एक हाते सर्प देखे पनि ।
 
तर भारतको बुंदेलखण्डकी एक ११ वर्षे बालिकाको बिहान साँझको खेलोखेती भनेकै तिनै सर्पहरुसंग रहेर रमाउनु हो । उनी बिशालु सर्पसंग बसेर रमाउँदिनन्मात्र कि शिव भगवानलेजस्तै ज्यूँदा सर्पको माला नै लगाउँछिन् । 
 
तिनै ११ वर्षे नाजनिनलाई सर्पको यस्तो लत बसेको छ कि उनी एक छिन पनि सर्पबिना रहन सक्दिनन् । 
 
उनलाई हमीरपुरका मानिसहरु विषकन्यासमेत भनेर बोलाउँछन् । नाजनीनले खेलने खानेदेखि लिएर गाउनेसम्मको काम तिनै सर्पसंग बसेर गर्छिन् । 
 
उनका वरिपरि सर्प आफै घुम्ने गर्छन् । नाजनीनको परिवारले पहिले सपेराको काम गर्दथ्यो । त्यो पेशा उनीहरुले छोडेको वर्षौं भइसकेको छ ।
 
परिवारलेसमेत नाजनीनले देखाएको हर्कत मन पराउँदैन । तर उनले भने यो काम छोड्ने नामनिशान लिँदैनिन् । उनी त्यसमै दङ्ग छिन् । 
 
नाजनीन त पात्र मात्र हुन् । त्यो ठाउँमा बालबालिकाहरु त्यही सर्प देखेरै समय बिताउँछन् ।
 
विद्यालयसमेत जान छाडेपछि भने अभिभावकलाई समस्या भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ