arrow

दीपा मलिक बनिन् पारा ओलम्पिकमा पदक जित्ने पहिलो भारतीय महिला खेलाडी

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
deepa-malik.jpeg
एजेन्सी। पदक हात पार्दै ह्वीलचियर खेलाडी दीपा मलिकले पारा ओलम्पिकमा पदक जित्ने पहिलो भारतीय महिला खेलाडीको कीर्तिमान रचेकी छिन्। ब्राजिलमा जारी रियो पारा ओलम्पिकमा मलिकले सटपुट अन्तर्गत एफ-५३ विधामा रजत पदक हात पार्दे सो कीर्तिमान कायम गरेकी हुन्।
 
सफलतापश्चात अब मलिकले हरयाना स्पोर्ट स्किम अन्तर्गत रहेर ४ करोड नगद पाउने छिन्। सो इभेन्टमा स्वर्ण भने बहराइनका फतेमा नेधामले हात पारेकी हुन्। यस्तै ग्रीसका डिमिट्रा कोरोकिडाले काँस्य हात पारिन्।
 
ऐतिहासिक सफलता हात पारेको भन्दै मलिकलाई प्रधानमन्त्री नरेन्द्र मोदीसँगै खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले बधाई दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ