arrow

पारा ओलम्पिकमा ५० स्वर्णसँगै चीन अग्रस्थानमा, अमेरिका भने सुस्तायो

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
china-para.jpeg
एजेन्सी। फरक क्षमता भएका ब्यक्तिहरु मात्र सहभागि हुने पारा ओलम्पिकमा बाज्रिलमा जारी छ। रियो पारा ओलम्पिकमा चीनको पदक संख्या उकालो लाग्ने क्रम तिब्र छ। ५० स्वर्णसँगै पदक तालिकाको शिर्ष स्थानमा रहेको चीनको कुल पदक संख्या १ सय १८ पुगेको छ।
 
चीनको खातामा ४० रजत र २८ काँस्य छ। ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा राम्रो गर्न नसके पनि पारा ओलम्पिकमा भने चीनले तहल्का नै मच्चाइरहेको छ। २८ स्वर्ण हात पारेको बेलायत पदक तालिकाको दोस्रो स्थानमा छ। बेलायतको पनि कुल पदक संख्या भने ६३ छ। 
उसको खातामा २८ रजत र १६ काँस्य छ। ओलम्पिक २०१६ मा पनि उत्कृष्ट प्रदर्शन गर्दे बेलायत दोस्रो भएको थियो। त्यस्तै २२ स्वर्णसहित यूक्रेन तेस्रो स्थानमा छ।
 
ओलम्पिक २०१६ मा भने यूक्रेनले मात्र २ स्वर्ण हात पारेको थियो। रियो ओलम्पिक २०१६ को ४६ स्वर्ण हात पार्दे शानदार अन्त्य गरेको अमेरिका पारा ओलम्पिकमा भने सुस्ताएको छ। मात्र १६ स्वर्ण हात पारेको अमेरिका पदक तालिकाको चौंथो स्थानमा छ। यस्तै ९ स्वर्ण हात पारेको आयोजक ब्राजिल पाँचौं स्थानमा छ। सेप्टेम्बर ७ देखि १८ सम्म चल्ने प्रतियोगितामा २३ खेल अन्तर्गत ५ सय २८ विधालाई समेटिएको छ। प्रतियोगितामा १ सय ६० मुलुकले सहभागिता जनाएकोमा अहिलेसम्म ७६ मुलुकले पदक हात परिसकेका छन्।
 
नेपालले सहभागिता जनाएको छ। राम्रो ब्यवस्थापन नहुदाँ नेपालबाट सहभागि हुनेहरुले दु:ख पाएको कतिपयले सामाजिक सञ्जालमा लेखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ