arrow

शशांङ्क, सुजाता, प्रकाशमानतिर हेर्दै रामचन्द्रले भने, ‘सिंगो कांग्रेस म तिरै छ’

महिला संघ महाधिवेशन : पौडेल समूहको उम्मेद्वारी घोषणा

logo
प्रकाशित २०७३ भदौ २८ मंगलबार
ramchandra-,,-manchma-s,-s.jpeg
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेल समूहले पार्टीको भ्रातृसंगठन नेपाल महिला संघको नयाँ नेतृत्वका लागि वुधबारबाट हुन लागेको तेस्रो महाधिवेशनका लागि नेतृत्वको उम्मेद्वारी घोषणा गरेको छ । 
 
राजधानीको एक पार्टी प्यालेसमा घोषणा कार्यक्रम आयोजना गरी पौडेल समूहले मिना पाण्डेलाई अध्यक्षको उम्मेद्वारको रुपमा अघि सारेको छ । 
 
कार्यक्रममा नेता पौडेलले महिला संघले प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गरेको सम्झिँदै २००३ सालमा स्थापना भएको महिला संघ अहिले सम्म पार्टीको भगेनी संस्थाका रुपमा रहेको बताए । 
 
अध्यक्षको उम्मेद्वार बन्न लागेकी मिनाको बारेमा समेत पौडेलले बेलिविस्तार लगाए । पौडेलले भने, ‘पद्मकन्या क्याम्पसमा पढ्दा देखि महिला आन्दोलन र अन्य थुप्रै राजनीतिक परिवर्तमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेतृलाई हामी अध्यक्षको प्रतिस्पर्धी बनाउँदै छौं । महिलाको नेतृत्व सम्हाल्ने क्षमता उहाँसंग मात्रै छ ।’ 
 
वीपी, गणेशमान र गिरिजाप्रसाद कोइराला परिवारका सदस्यलाई मञ्चमा राखेर सम्बोधन गरेका नेता पौडेलले अाँखाकाे चालले संकेत गर्दै भने, ‘यो वीपीले जन्माएको कांग्रेस, गणेशमान, किसुनजी र गिरिजाप्रसादले अगाडि बढाएको सिंगो कांग्रेस यहाँ छ ।’ महामन्त्री शशांङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला मञ्चमा बसेर पौडेलको भाषण एक टकले सुनि र हेरिरहेका थिए । 
 
नेता पौडेलले १३ औं महाधिवेशनमा षड्यन्त्रपूर्वक हराए पनि सिंगो कांग्रेस आफैसंग रहेको जिकिर गरे । पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरे । नेता पौडेलले भने, ‘फेरि कुनै जालझेल र षड्यन्त्रमा नपर्नुस्, कांग्रेसकै महाधिवेशनमा धोका भएको छ । पार्टी भित्रैबाट अन्तरघात गरी पछार्ने काम भएको छ ।’
 
कार्यक्रममा सहभागितिर हेर्दै नेता पौडेलले पार्टीको महाधिवेशनमा भएको धोकाको शोधभर्ना महिला संघको अधिवेशनमा गर्न सक्नुपर्दछ–भने । उता, पार्टी सभापति शेरबहादुर देउवा पक्ष समेत निरन्तर छलफलमा जुटेको छ ।
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ