arrow

राष्ट्रिय बाल दिवस : अहिलेको अवस्थामा बालअधिकार कति सुरक्षित छ ?

logo
सीता भण्डारी,
प्रकाशित २०७३ भदौ २९ बुधबार
bal-shram.jpg.jpeg
काठमाडौं ।  बालबालिकालाई कुनै पनि प्रकारको मानसिक वा शारीरिक दुःख, पीडा दिने वा हानी–नोक्सानी पु्याउने कार्य नै बालहिंसा हो । अर्थात् बालबालिकाका मौलिक हकविरुद्धको कार्य नै बालहिंसा हो । बालबालिकाको अधिकार तथा उनीहरुको आत्मसम्मानविरुद्ध गरिने जुनसुकै गैरकानूनी कार्यलाई बालबालिकाविरुद्ध हिंसा भनिन्छ । हिंसाका विविध प्रकृतिमध्ये मानसिक र शारीरिक हिंसा बढी भएको पाइन्छ । विश्वभरी नै चरम हिंसाको रुपमा देखा परेको बालअधिकार हननलाई अन्त्य गरी उनीहरुको अधिकार कसरी सुरक्षित गर्ने आजको प्रमुख चुनौतीका रुपमा देखा परेको छ । 
 
नेपालमा शिक्षित वा अशिक्षित परिवारका बालबालिका कुनै न कुनै रुपमा हिंसामा परिरहेका छन् । हिंसाको रुप परिवार, समाज, देश हुँदै विश्वव्यापी भैइरहेको छ । हिंसाको न रुप हुुन्छ न र स्वरूप नै । तसर्थ हिंसाको वास्तविक गहिराइ बुझेर त्यसलाई अन्त्य गर्न ढिला भइसकेको छ । नेपाली समाजमा मौलाउँदै गएको बालहिंसा दिनप्रतिदिन बढ्दो छ । यसलाई अन्त्य गर्नु हामी सबैको कर्तव्य हुनुपर्दछ ।
 
बालहिंसा बढ्नुमा पारिवारिक कलह, असमझदारी, द्वन्द्वका विविध घटना, सामाजिक अपहेलना, माया र सम्मानको अभाव, परिवारको आर्थिक अवस्था कम्जोर आदि प्रमुख कारण मानिन्छन् । बालबालिका फूूलका कोपिला जस्तै हुन् । उनीहरुलाई अगाडी बढ्न पारिवारिक माया–ममता, साथ, हौसला र पे्ररणाको पाइला–पाइलामा आवश्यकता पर्दछ । परिवारमा हुने झै–झगडा र द्वन्द्वको मारमा पिल्सिने बालबच्चाहरुको मानसिक स्थिति कम्जोर हुने गर्दछ । जसले उनीहरुको मानसिक क्षमतामा ह्रास आउछ । 
 
एक्काइसौं शताब्दीका शिक्षित मानव भएपनि हामा्रे व्यवहार भने मानवता विरोधी हुुदै गइरहेको आभास हुुन्छ । हामीहरुले बालअधिकार सुरक्षित गर्ने नाममा झन हिंसामा डुबाईरहेका त छैनौ । अहिलेका अभिभावकहरु बच्चाहरुको भविष्य सुनिश्चित (सुरक्षित ) गर्ने अभिलासामा पढाइलाई जोड दिइरहेका हुन्छन् । बच्चाहरु बिहानै उठेदेखि राती नसुत्दासम्म पढाइमै व्यस्त हुन्छन् । अभिभावक पनि बच्चाहरुले पढेको देखेर एकदमै खुसी हुन्छन् । बच्चाहरुको खेल्ने वा मनोरञ्जन गर्ने समय नदिएकोमा न अभिभावकलाई चिन्ता न स्कुलहरुको कर्तव्य नै देखिन्छ । के बालबालिकाहरुले खेल्न र मनोरञ्जन गर्न पाउने अधिकार सुनिश्चित गर्नु पर्दैन र ? 
 
दिनकै १५ – १६ घण्टा पढाइमा अर्थात् किताबको किरोका रुपमा व्यस्त गराउदा उनीहरुको अन्य ज्ञान तथा सीप सिक्ने समयको बारेमा ख्याल गर्नुपर्ने होइन र ? आजको जमानामा पनि किताबी शिक्षामात्रै दिएर ती भोलिका कर्णधारहरु पूर्ण शिक्षित वा व्यवहारिक हुन्छन् त ? कदापि हुदैनन् उनीहरुलाई त किताबी ज्ञानसँगै बाहिरी ज्ञानगुनका कुराहरु पनि सिकाउँदै लगेमा व्यावहारिक हुन्छन् । जब उनीहरु व्यावहारिक शिक्षाले परिपूर्ण हुन्छन् तब आत्मनिर्भर बन्छन् । 
 
विद्यालयहरुले पनि पढाइको नाममा अतिरिक्त क्रियाकलापमा ध्यान दिएको पाइदैन । विद्यालयको काम पढाउने हो तर पढाइको नाममा ती कलिला बालबालिकामाथि बोझ थोपर्न त नपाइनु पर्ने हो । कम्तिमा पनि एकदिनमा सातवटा विषयको पढाइ हुन्छ । ती सातवटै विषयको गृहकार्य पनि गर्न दिइन्छ । बालबालिकाहरु घरमा आएर त्यही गृहकार्यमा व्यस्त हँुदा पनि रातीसम्म सकाउदैनन् । 
 
भोलिपल्ट बिहानै उठेर त्यही गृहकार्य समाउन बाध्य हुन्छन् । बसेर गृहकार्य गर्दागर्दै हातखुट्टा दुख्यो भन्छन् । गृहकार्य त स्कुलमा पढाउदा पढाउदै बाँकी रहेको काम मात्र गर्न दिनुपर्ने होइन र ? कि सबै अभ्यास एकैदिन सक्नुपर्ने हुन्छ । यस्तो हिसाबले त सबै पाठ २ – ३ महिनामै पढाइ सकिन्छ भने अरु समय के गर्ने ? यसरी विद्यार्थीमाथि बोझ का बोझ थोपरिन्छ किन ? यसरी गृहकार्य थोपर्नुभन्दा स्कुलमै थोरैथोरै बुझाएर पढाउने, नबुझेको घरमा गएर पढ भन्ने हो भने किताबको सबै पाठ सजिलै पढाएर सकिन्थ्यो र विद्यार्थीले बुझ्दै जान्छन् । अनि उनीहरुलाई अन्य ज्ञानगुनका कुरा सिक्ने, खेल्ने, मनोरञ्जन लिने र परिवारका सदस्यसँग समय बिताउने फूर्सद हुन्थ्यो कि । 
 
आजभोलिका विद्यालयहरुमा शिक्षा प्रदान गर्नेभन्दा पनि व्यापार गर्ने प्रवृत्ति बढिरहेको छ । सबै शैक्षिक सामग्री स्कुलबाटै खरिद गर्नुपर्ने अन्यथा छि – छि र दूर दूरको व्यवहार सहनुपर्ने बालबालिकाको नियति नै भइसकेको छ । कतिपय स्कुलका प्रधानाध्यापक, शिक्षक र शिक्षिकाले बाहिरी कापी प्रयोग गरेको भन्दै गृहकार्य को जाँच पनि नगर्ने यो कहाँसम्मको लापरवाही हो । यस्तो कार्यले बालबालिकाको मानसिक अवस्था कस्तो होला ? यस तर्फ स्कुलहरुले ध्यान दिएको पाइदैन । हप्ता दिनमा सकिने कापीमा गाता लगाउनुपर्ने त्यो पनि शिक्षक – शिक्षिकाको आदेश बमोजिम अन्यथा कापी नै च्यातिएर कहाँ ङ्खयाकिने हो त्यही त्रासमा हुन्छन् बालबालिकाहरु । 
 
बीस रुपैया पर्ने कापीलाई पच्चीस रुपैया भन्ने, छुट पनि नदिने, गुणस्तरको कुरा गर्दै आङ्खनै कापी बोक्न बाध्य पार्ने अनि गृहकार्य धेरै गर्न दिएर कापीको व्यापार गर्ने स्कुललाई कारबाही गर्नुपर्ने होइन र गर्न दिएको गृहकार्य पनि राम्रोस“ग जा“च नगरी ठीक ठह¥याउने, नजानेर छोडेका प्रश्नहरुको उत्तर पनि नसिकाउने शिक्षक – शिक्षिकाबाट बालबालिकाहरुले कस्तो शिक्षा लिन्छन होला र उनीहरुको मनस्थिति कस्तो होला । के अभिभावकहरुको यसतर्फ ध्यान गएको छ त ? आजभोलिका अभिभावकहरुको बालबच्चाहरुलाई अलिकति समय दिएर उनीहरुका कुरा सुन्ने, पढाइको बारेमा सोध्ने, नयाँ ज्ञान प्रदान गर्ने, माया – ममता र हौसला दिने फुर्सद नै कहा“ हुन्छ र । केवल उनीहरुले त आङ्खनो कर्तव्य पूरा गर्दैमा गर्व गर्छन् । हेर्नुस् त के हाम्रा बालबालिकाहरुको अधिकार घरमा र विद्यालयमा सुरक्षित रैछ त ? 
 
नेपालको संविधान २०७३ मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वा¨िण व्यक्तित्व विकासको हक हुनेछ । कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन । कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन । कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनिएको छ । 
 
बालबालिकालाई अन्यायबाट छुट्कारा दिलाउन विभिन्न ऐन कानून देशभित्र त छदै छन् अन्तर्राष्ट्रिय तहमा बनेका सन्धिहरुको पनि अनुमोदन गरेको नेपालले तिनिहरुको व्यवहारिक कार्यान्वयन गर्न सकेको छैन । यी ऐन कानूनहरुको सही कार्यान्वयन नहुँदा अपहरण, बालश्रम र अभिभावकविहीन भएका बालबालिकाहरु हिंसाबाट दिनप्रतिदिन प्रताडित भइरहेका छन् । यस्तै हिसाबले हिंसा वृद्धि हुँदै जाँदा भविष्यमा मुलुकले ठूलै मूल्य चुकाउनु पर्ने हुन्छ । यसले व्यक्ति, परिवार, समाज मात्रै नभइ समग्र राष्ट्रलाई नै समस्यामा पार्ने हुँदा समयमै न्यूनीकरण गर्नेतर्फ व्यक्ति, परिवार, समाज र राज्य नै अग्रसर भई लाग्न जरुरी भइसकेको छ । 
 
समुन्नत र सभ्य नेपाल निर्माणमा जुटिरहदा कतै समाजलाई झन् अन्धकारमा त धकेलिरहेका त छैनौ भन्ने प्रश्नले घच्घच्याइरहेको छ । बालबालिकाका हक अधिकारका लागि लड्ने विभिन्न संघ संस्थाको काम चुस्त नहुनु, घरपरिवारको आर्थिक अवस्था कमजोर हुँदा होटल, इटाभट्टा, कलकारखाना, यातायात जस्ता जोखिमपूर्ण क्षेत्रमा श्रम गर्न बाध्य हुनु, परिवार र समाजबाट माया–ममता र हौसला नपाउनु, विद्यालय र घरपरिवारबाट दबाबमा पर्नु आदि कारणबाट बालबालिकाहरुले मानसिक र शारीरिक हिंसा सहनुपरेको हो । 
 
बालबालिकाहरुलाई उचित वातावरण दिएर उनीहरुका बालसुलभलाई जोगाउनु सभ्य नागरिकको कर्तव्य र दायित्व हो । बालअधिकार संरक्षणका निम्ति नीतिगत रुपमै योजनाहरु बनाइ व्यवहारिक रुपले लागु गर्नुपर्दछ । संविधानमा उल्लेख गरिएका प्रत्येक बुँदालाई सही ढँले कार्यान्वयन गर्दै बालबालिकाको अधिकार संरक्षण गर्न इमान्दारिपूर्वक लाग्न आवश्यक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ