arrow

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेश, गोविन्द केसीको माग पूरा होला ?

logo
प्रकाशित २०७३ भदौ २९ बुधबार
sansad-nirwachan.jpg.jpeg
काठमाडौं ।  शिक्षामन्त्री धनिराम पौडेलले व्यवस्थापिका–संसद्को बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेश गरेका छन् । मन्त्री पौडेलले वुधबार सदनमा उक्त विधेयक प्रस्तुत गरेका हुन् । 
 
चिकित्सा शिक्षा ऐनको माग राख्दै पटक–पटक अनसन बस्दै आएका डा. गोविन्द केसीको माग कार्यान्वयनबारे प्रधानमन्त्रीले निर्देशन दिएको भोली पल्टै मन्त्री पौडेलले चिशित्सा शिक्षा विेधेय सदनमा पेश गरे । 
 
विधेयक पास भए चिकित्सा शिक्षा एने बनाउने बाटो खुल्ने छ । डा. केसीले राखेको मागकै आधारमा प्रधानमन्त्री पुष्पकम दाहालले मंगलबार मात्रै ऐन नबन्दा सम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिन भन्दै तत्काल विधेयक ल्याउन निर्देशन दिएका थिए । 
 
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले भने चिकित्सा शिक्षा आयोग गठन गरेपनि ऐन बनाउन तयार पारेको विधेयक पेश गर्न सकेको थिएन । सोही विषयलाई लिएर डा. केसीले असोज २ गते भित्र माग पुरा नभए ३ गतेबाट नवौं चरणको अनसन थाल्ने घोषणा गरिसकेका छन् । 
 
सदनमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो । 
 
त्यस्तै, बैठकमा सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी विधेयक २०७३ प्रस्तुत गरे । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी असोज ९ गते दिउँसो १ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ