arrow

शेखर पुगे पौडेल समूहको चियापानमा

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
shekhar.jpeg
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको चियापान कार्यक्रममा सहभागी भएका छन् । पौडेल पक्षको तर्फबाट शान्ति तथा पुनर्निर्माण मन्त्री समेत रहेकी पार्टी कोषाध्यक्ष सीतादेवी यादवले काठमाडौंको लैनचौरमा रहेको लैनचौर बैंङ्क्वीटमा महिला संघका महाधिवेशन प्रतिनिधीहरुलाई दिएको चियापानमा कोईराला सहभागी भएका हुन् । पौडेल पक्षको वैठकहरुमा वोलाइन छाडेका मात्र होइन उनी समेत ति वैठकहरुमा जान छाडेका थिए। 
 
सरकारमा जाने विषयदेखि नेविसंघको महाधिवेशनसम्मको स्थितीमा आईपुग्दा आफूलाई फरक धारको रूपमा स्थापित गराउँदै आएका कोइराला महिला संघको जारी महाधिवेशनमा भने पौडेल समुहसँग निकट देखिएका छन् । उनलाई नेपाल विद्यार्थी संघको महाधिवेशनमा पौडेल पक्षलाई असहयोग गरेको आरोप समेत लाग्दै आएको छ । 
 
नेविसंघ महाधिवेशनमा असहयोग गरेको भन्दै पौडेल पक्षबाट मन्त्रीको कोटामा उनको नाम पनि सिफारिस गरिएको थिएन । मन्त्रीको नामावली पठाउने विषयमा उनलाई सभापतिको कोटाबाट बनाएपनि आफ्नो कोटाबाट नबनाउने भन्दै पौडेलले नाम नपठाएपछि कोइराला मन्त्री पनि समेत बन्न सकेका थिएनन् । त्यसयता कोइराला संगठनमा काम गर्ने भन्दै आइरहेका छन्।
 
तर, पौडेल पक्षको चियापान कार्यक्रममा सहभागी भएसँगै महिला संघको महाधिवेशनमा शेखरको साथ पौडेल पक्षले पाउने आँकलन गर्न थालिएको छ । चियापनामा महामन्त्री शशांक कोइराला पार्टीका नेताहरु विभिन्न जिल्लाका पार्टी सभापतिहरु महिला संघका महाधिवेशन प्रतिनिधीहरु र नेतृहरु सहभागि थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ