arrow

चिनियाँ शहरको बिचमा गाडीहरु कुल्चँदै गुड्यो चन्द्रमा जस्तो ठुलो बेलुन !

logo
हाम्रा कुरा
प्रकाशित २०७३ भदौ ३० बिहिबार
Moon_Balloon_China.jpeg
एजेन्सी। चन्द्रमा आकारको बिशाल बलुनले चाईनाको फुजाउ शहरमा गाडी र मोटरसाईकलहर माथि गुडेको छ। ताइवान र चीनमा आएको आँधीले उक्त बलुनलाई शहरको सडकमा गुडाएको थियो। अनिनयन्त्रित बलुनले शहरमा केही समय डर पैदा गरेको थियो। 
 
हेर्दाखेरि कुनै थौरै बजेटको अर्को ग्रहकाबारे बनाईएको चलचित्र जस्तो देखिने दृश्य चीनको शहरमा साँचिक्कै देखियो। शरद ऋतुमा मनाईने चिनियाँ पर्वकालागि उक्त बलुन सजाईएको थियो। 
 
हुरीले उक्त बलुनलाई चुडाएर शहरमा दौडाएको थियो। चन्द्रमा जस्तो देखिने गरि बनाईएको उक्त बलुन चिनयाँ पर्वको आकर्षणको केन्द्र हुने थियो। 
 
भिडियोमा देखिए अनुसार एक जना मोटरसाईकल चालकले अन्तिम समयमा भागेर च्यापिईनबाट बचेका थिए। गाडीहरु माथि सहजे गुडेको हक्त बलुन टाढा बसेर हेर्नेकालागि रमाईलो दृश्य थियो भने भोग्नेहरुकाालगि डरलाग्दो समयका रुपमा रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ