arrow

आ.व २०७२/७३मा ३९ करोड रूपैयाँ बढी कमायो महानगरपालिकाले

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौं । काठमाडौं महानगरपालिकाले अघिल्लो वर्षको भन्दा ३९ करोड रूपैयाँ बढस् कमाएको छ । महानगरपालिकाले सार्वजनिक गरेको वार्षिक आय विवरणमा अघिल्लो आर्थिक वर्षको भन्दा ३९ करोड २७ लाख ६८ हजार ९ सय ६५ रूपैयाँ आफ्नै स्रोतबाट आम्दानी गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । 
 
महानगरपालिकाको आफ्नै स्रोतबाट आर्थिक वर्ष २०७२/७३मा १ अर्ब ४७ करोड ७५ लाख रूपैयाँ आम्दानी भएको छ । जुन अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८ करोड ४८ लाख रूपैयाँ रहेको थियो । त्यस्तै, अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७२/७३ मा महानगरपालिकाले १८ करोड रूपैयाँ बढी अन्य स्रोतबाट प्राप्त गरेको जनाएको छ । आर्थिक वर्ष २०७२÷७३ मा १ अर्ब २६ करोड ५१ लाख रूपैयाँ प्राप्त गरेको छ जुन अघिल्ले आर्थिक वर्षमा १ अर्ब ८ करोड १० लाख रूपैयाँ प्राप्त गरेको थियो । 
 
हेर्नुहोस् कुन् शीर्षकमा कति रकम बढी र कम कमायो ? 
(रातो रंग लागेको अंकलाई अनुमानित आयको तुलनामा कम आय भएको महानगरले स्पष्ट पारेको छ)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ