arrow

स्वास्थ्य संरचना बदल्ने र सेवा 'जनमुखि' बनाउने अवसर यही हो : मन्त्री थापा

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले यो स्वास्थ्य संरचनामा आमूल परिवर्तन गर्न सकिने समय रहेको बताएका छन् । राजधानमीमा स्वास्थ्य खबर पत्रिकाले आयोजना गरेको ‘हेल्थ अवार्ड’ वितरण समारोहमा मन्त्री थापाले पहिलेको संरचनामा परिवर्तनको कल्पना गर्न सकिने अवस्थै नरहेको बताए । 
 
मन्त्री थापाले भने, ‘विगतमा हामी संरचना बदल्न सक्ने अवस्थामा थिएनौं । अहिले स्वास्थ्य संरचना बदल्ने अवसर आएको छ । अब हामी संरचना बदल्न सक्छौं । स्वास्थ्य सेवालाई जनमुखि बनाउने अवसर पनि यही हो ।’ हामी प्रादेशिक संरचनामा जाँदै छौं । यो संरचना बदल्ने महत्वपूर्ण अवसर हो । अब बन्ने प्रादेशिक संरचनामा स्वास्थ्य क्षेत्र आवश्यकता र प्राथमिकताका आधारमा परिमार्जन गर्न सकिनेमा मन्त्री थापाले जोड दिए । 
 
हिजोको तत्कालै फेर्न सकिने अवस्था थिएन मन्त्री थापाले भने, ‘थोरै र जटिल संरचनाले स्वास्थ्यक्षेत्रमा सुधार आउन सकेन । सोही संरचनामा चाहेर पनि हामीले केही गर्न सक्ने अवस्था थिएन ।’ प्रादेशिक संरचना बन्दा विशेष ध्यान दिनु पर्छ त्यो समय आइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ