arrow

बिना दर्ता संचालित डेन्टल हस्पिटलमा ताला

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
hospital.png
कञ्चनपुर । संयुक्त बजार अनुगमन टोलीले महेन्द्रनगर बजारको गल्ली नम्बर—२ स्थित श्रीराम डेन्टल हस्पिटलमा बिहीबार ताला लगाएको छ । 
 
श्रीराम डेन्टल हस्पिटल दर्ता नभएको र हस्पिटलमा सम्बन्धित व्यक्ति नभेटिएकाले अनुगमन टोलीले ताला लगाइएको हो । 
 
डेन्टल हस्पिटलमा केही मात्रामा औषधि राखिएको र सम्बन्धित कागजात नभेटिएका कारण ताला लगाइएको अनुगमन टोलीका संयोजक उदयराज जोशीले बताए । 
 
अनुगमन टोलीले बिहीबार कञ्चनपुरका १० वटा निजी स्वास्थ्य संस्था, प्रयोगशाला तथा औषधि पसलको अनुगमन गरेको छ । 
 
महेन्द्रनगरको शुभम् फार्मेसीको ल्याब तथा क्लिनिक दर्ता नभएको, गीताञ्जली मेडिकल र गौरी प्याथोलोजीमा ल्याब दर्ता नभएको पाइएको जोशीले बताए ।
 
 उनकाअनुसार स्टार मेडिसिनले औषधि व्यवस्था विभागद्वारा तोकिएको ढाँचाअनुसार औषधि वितरण नगरेको भेटिएको छ ।
 
 प्रिती मेडिकल हलको पोलिक्लिनिक दर्ता नभएको र बिल प्रयोग नगरी कारोबार सञ्चालन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । 
 
महाकाली सेती भेटेरिनरीमा बिल बुकमा रजिस्ट्रेसन नम्बर नराखेको, कञ्चन प्रयोगशाला र त्रिशक्ति फार्मेसीको क्लिनिक दर्ता नभएको र अनिल फार्मेसीमा म्याद नाघेको सर्जिकल उपकरण भेटिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय, नेपालगन्जका औषधि निरीक्षक पुष्प राना क्षेत्रीले बताए ।
 
दर्ता गराउन बाँकी रहेका निजी क्लिनिक, प्रयोगशाला र औषधि पसललाई १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा दर्ता प्रमाण पेस गरेर सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
 
 सेफर अस्पताललाई सात दिनभित्र नवीकरण गराउन निर्देशन दिएको अनुगमन टोली संयोजक जोशीले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ