arrow

लघु उद्यम विकास कार्यक्रमबारे उद्योग मन्त्री र अष्ट्रेलियन राजदूतबीच चर्चा

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
nabindra-raj-joshi-australian-rajdoot.jpeg
काठमाडौं। उद्योग मन्त्री नविन्द्रराज जोशीसँग शुक्रवार नेपालका लागि अष्ट्रेलियन राजदूत ग्रेन ह्वाईटले शिष्टाचार भेट गरेका छन्। मन्त्रीको कार्यकक्ष सिंहदरबारमा भेटका अवसरमा उद्योग मन्त्रालय अन्तर्गत अष्ट्रेलियन सहयोगमा संचालित लघु उद्यम विकास कार्यक्रमको बारेमा छलफल भएको थियो। सन् १९९८ वाट सुरु सो परियोजना अन्तर्गत हाल चौथो चरणको कार्यक्रम संचालन भइरहेको छ। 
 
चौथो चरणको आयोजनाको अवधि सन् २०१३ बाट सुरु भएर सन् २०१८ सम्म रहने छ। लघु उद्यम विकास कार्यक्रमले सन् २०१८ सम्म ७३ हजार व्यक्तिलाई उद्यमी बनाउने लक्ष्य राखेको छ। अष्ट्रेलियन सरकारको महत्वपूर्ण लगानी रहेको सो परियोजनामा नेपाल सरकार र स्थानीय निकायको समेत लगानी रहेको छ। भेटका अवसरमा उद्योग मन्त्री नविन्द्रराज जोशीले मुलुकले नयाँ संविधान पाइसकेको अहिलेको अवस्थामा अब सरकारको प्राथमिकता भने आर्थिक संवृद्धितर्फ केन्द्रित गर्नु रहेको बताए।
 
आर्थिक संवृद्धिका लागि आर्थिक वृद्धिदर बढ्नुपर्ने भन्दै उनले त्यसका लागि औद्योगिकरण अत्यावश्यक रहेको बताए। आर्थिक संवृद्धिका लागि उद्योग मन्त्रालयलाई नेतृत्वदायी मन्त्रालयको रुपमा विकास गर्न आफुले चाहेको भन्दै उद्योग मन्त्री जोशीले त्यसका लागि आवश्यक पर्ने नीतिगत सुधारलाई तीन महिना भित्र गरिसक्ने गरि आफुले कार्ययोजना अघि बढाइसकेको बताए। 
 
उद्योग क्षेत्रको दीगो विकासका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु अगाडि ल्याउन लागिएको भन्दै उनले नेपालमा अष्ट्रेलियन लगानी भित्र्याउन सहयोग गर्न अष्ट्रलियन राजदूतसँग आग्रह समेत गरे। 
 
जवाफमा अष्ट्रेलियन राजदूत ग्रेन ह्वाइटले नेपालमा लगानी भियाउनका लागि लगानीमैत्री वातावरण बन्न जरुरी रहेको भन्दै अहिलेको वातावरण लागनीमैत्री बन्न नसकिरहेको उद्यमीहरुको गुनासो रहेको आफुले पाएको बताए। 
 
नेपालमा पर्यटन उद्योगको प्रशस्त सम्भावना रहेकाले पर्यटन उद्योगलाई उद्योगका रुपमा अघि बढाउन उपयूक्त हुने सुझाव उनको थियो। नेपालको विकास प्रयासमा सघाउन अष्ट्रेलियन सरकार सधै तयार रहेको भेटका क्रममा उनले बताएको उद्योग मन्त्रालयका सञ्चार सल्लाहकार प्रदिप चापागाईले जानकारी दिएका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ