arrow

जनसम्पर्क समिति जापानमा समानान्तर समिति गठन

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
nejasa-japan-prg.jpeg
जापान। नेपाली जनसम्पर्क समिति जापान अन्तत बिभाजन भएको छ। निवर्तमान सभापती रहेका नारायण सुबेदीले जनसम्पर्क समिती जापानको सभापति आफु नै भएको भन्दै हिजो जापानको गाँउ ईलाकामा पर्ने गुन्मा केनमा भेला भएका काँग्रेस कार्यकर्ताहरुलाई समेट्दै समानान्तर कमिटी गठन गरेपछि नेपाली जनसम्पर्क समितिमा विभाजन देखिएको हो। गणेशमान स्मृती दिबस र बिपी जयन्ती मनाउन भेला भएकाहरुले समानान्तर कमिटी गठन गरेका हुन्। भेलाको जानकारी जापानका कुनै संस्था, काँग्रेस शुभेच्छुकहरु समेतलाई भएको समेत  देखिएन। महासमिती सदस्य महाधिबेसन प्रतिनिधी, क्षेत्रीय समितिलाई नबोलाईएको भेलामा समानान्तर कमिटीमा चुनिन लागेका सदस्यहरु मात्र उपस्थित थिए। 
 
पुर्व सभापती बलराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलामा नारायण सुबेदीलाई साथ दिन बरिष्ठ मध्य श्रेष्ठ बाहेक कोही पनि उपस्थित थिएनन। भुपिगोबीन्द श्रेष्ठको नेतृत्वमा तदर्थ कमिटी गठन गरिएको थियो र भुपिगोबिन्द श्रेष्ठ नेतृत्वको कमिटीले सफलतापुर्वक पाचौ अधिबेसन सम्पन्न गरेको थियो। नारायण सुबेदी त्यही अधिबेसनबाट निर्वाचित सभापति हुन्। जापानमा रहेका ३ जना महासमिती  सदस्य र ४ जना महाधिबेसन प्रतिनिधी रहेको जापानमा समानान्तर कमिटी गठन गर्ने सुबेदी आफै महासमिती सदस्य हुन्। छलफल गर्दागर्दै अरु ६ जना उपस्थित भएनन्। यतीबेला ६ जना मध्यका १ जना महाधीबेसन प्रतीनिधी रोशन केसी छैठौ अधिबेसनबाट नबनिर्वाचित सभापती डिपी कडेलसँग पराजित उम्मेदवार हुन्। केसीले छैंठौ अधिबेशनमा धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेको बताएका थिए। 
 
यतीबेला केसी नेपालमा छन् भने उनको प्रस्ताबक रहेका नारायण सुबेदीको नेतृत्वमा जापानमा समानान्तर कमिटी गठन भएको छ। जहा केसीकै समर्थक रहेका बलराम श्रेष्ठ संलग्न थिए भने नारायण सुबेदीको नेतृत्वको कमिटीमा चुनिने महामन्त्री पनि छैठौ अधिबेसनबाटै नबनिर्वाचीत महामन्त्री रामजँग कार्कीसँग पराजित भएका रेशम डंगोल छन्। डंगोल निबर्तमान कार्यसमितीका सदस्य हुन्। कमिटी गठन गर्ने स्थलमा निबर्तमान कार्यसमितीका ६ जना उपस्थित थिए। जनसम्पर्क समिती जापानको छैठौ अधिबेसन अन्तर्गत बिधान सभा अगस्ट १३मा सम्पन्न भएको थियो सोही दिन निबर्तमान सभापतिले आफ्नो कार्यसमिती भङ्ग भएको घोषणा गरेका थिए। जनसम्पर्क समितीको निबर्तमान कमिटीको कार्यकाल मे ३१ तारीकमा सकिएर अगस्ट १४ सम्मको लागि सोही कार्यसमितीलाई अधिबेसन आयोजक तदर्थ समिती बनाईएको थियो। सोही निर्णय अनुसार नै तदर्थ समिती ले १३ तारीकमा अधीबेसन गरी शंशोधित बिधान अनुसार २१ तारीकमा निर्वाचन सम्पन्न गरेको थियो। 
 
जापानका ४ वटा ठुला क्षेत्र जहा कुल मतदाताको ८०% मतदाता रहेको क्षेत्रमा सफल निर्वाचन भएको थियो। निर्वाचन सम्पन्न गरिसकेपछी निर्वाचन समितिका संयोजक महेश श्रेष्ठले राजिनामा दिएका थिए। निबर्तमान सभापती सुबेदीले निर्वाचन संयोजकले राजिनामा दिएपछी स्वत आफु सभापती भएको एकलौटी घोषणा गरेका थिए। तर निर्वाचन समितिका संयोजकले राजिनामा दिएपनि निर्वाचन समितीकै सदस्य रहेका बिनोद खनालले संयोजन गरी सम्पन्न निर्वाचनको मतगणना सम्पन्न भएको थियो। मत परिणाम अनुसार डिपी कडेल नेतृत्व प्यानलले रोशन केसी प्यानललाई पराजीत गरेको थियो। यतिबेला जापानमा डिपी कडेल नेतृत्वको कार्यसमितीले छैठौ कार्यकालको लागि पदभार ग्रहण गरिसकेको छ। छैठौ अधिबेसनबाट प्राप्त परिणाम मतपत्र सहित नेपाली काँग्रेस पार्टी कार्यालयमा पठाईएको निर्वाचन कमिटीका सदस्य बिनोद खनालले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ