arrow

माथिल्लो अरुण लगायत एक दर्जन जलविद्युत आयोजना स्वदेशी लगानीमा

logo
प्रकाशित २०७३ असोज १ शनिबार
hydroelectric-dam.jpeg
सरकारले आन्तरिक खपतका लागि स्वदेशी स्रोत परिचालन गरेर मध्यमखाल जलविद्युत आयोजना निर्माण गर्ने महत्वकाक्षी योजना अघि सारेको छ ।
 
ऊर्जामन्त्री जनार्दन शर्माले स्वदेशका ठूला वित्तिय संस्था र कोषहरूको लगानीमार्फत झन्डै एक दर्जन आयोजना अघि बढाउने घोषणा गरेका छन् ।
 
घोषणा अनुसार माथिल्लो अरूण (३३५ मगावाट), दुधकोसी (६४० मेगावाट), तमोर (५३० मेगावाट), सुनकोसी-३ (६०० मेगावाट), लाङटाङ (२३२ मेगावाट), नलसिंहगाड ४०० मेगावाट, उत्तरगंगा ३०० मेगावाट, नौमुरे २५० मेगावाट र तीला-१ ४४० मेगावाट आयोजना सरकार मातहतका वित्तिय संस्था, निजी वित्तिय संस्था, कल्याणकारी कोष, रेमिट्यान्स, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, मजदुर तथा सर्वसाधारणको प्रत्यक्ष लगानी र सहभागितामा निर्माण गरिनेछ । अन्नपूर्ण पोष्ट दैनिक
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ