arrow

काठमाडौ उपत्यकामा ७ प्रतिसतको मृगौला फेल

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
काठमाडौ । काठमाडौ उपत्यकाका ७ प्रतिसत जनताको मृगौला फेल भएको पाईएको छ ।  नेपाल किड्नी फाउण्डेसन र अमेरिकाको ब्रिज अफ लाईफ नामक संस्थाले पाँच दिनसम्म राजधानीका तीन वटै जिल्लामा गरेको स्वास्थ्य परिक्षणमा त्यस्तो नतिजा आएको हो । 

सस्थाले काठमाडौ उपत्यकाका २३ सय ब्यक्तिको मृगौला परिक्षण गरेको थियो जसमा ७ प्रतिसतको मृगौला फेल भईसकेपनि उनीहरु अझै त्यस विषयमा अनभित्र रहेको पाईएको फाउण्डेसनका सस्थापक अध्यक्ष डा. शक्ति बस्नेतले आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

उनले विगत दुई वर्षदेखि आफूहरु मृगौला रोगको विषयमा जनचेतना फैलाउन सक्रिय रहेको भन्दै यसलाई अझै तिब्रता दिनु पर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले आफूहरुको परिक्षणको नतिजा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएको भन्दै आफूहरुको अभियानमा सहयोगको प्रतिबद्धता पाएको बताए । 

डा. बस्नेतले मृगौला रोग खर्चिलो भएकोले यसको उपचार भन्दा पनि पहिला नै लाग्न नदिने तर्फ लाग्दा उपयूक्त हुने बताए ।  ब्रीज अफ लाईफ अमेरिकाकी कार्यक्रम संयोजक केरी स्याण्डरले मृगौला रोग खर्चिलो भएकोले यसको उपचार भन्दा पनि जनचेतना प्रभावकारी हुने भन्दै आफ्नो सस्थाले नेपालमा डाईलासिस क्षमता बढाएर आर्थिक अभावमा कसैले पनि मर्न नपरोस भन्ने ब्यस्था गर्न सहकार्य गर्ने बताईन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ