arrow

इन्जिनियर मतपरिणाम : १९ सय ७३ सम्ममा मतान्तर बढ्दो, लोकतान्त्रिक समूह २ सय ८९ ले अघि

logo
प्रकाशित २०७३ असोज १ शनिबार
enginear.jpeg
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनको जारी मतपरिणामको पछिल्लो प्रारम्भिक मत परिणाममा पनि लोकतान्त्रिक समूहले अग्रता लिएको छ । काठमाडौंमा खसेको झण्डै ५२ सय मतमध्ये यतिबेलासम्म १९ सय ७३ मत गनेर सकिएको छ । जसमा लोकतान्त्रिक समूहले अध्यक्षमा २ सय ८९ मतले अग्रता लिएको लिएको लोकतान्त्रिक समूह अन्तर्गत् युवा परिचालन समितिका संयोजक सुदीप शर्मा पौडेलले जानकारी दिए । 
 
पौडेलले दिएको जानकारी अनुसार अध्यक्षको लागि खसेको मतमध्ये १९ सय ७३ मत गन्दा लोकतान्त्रिकका हरेराम श्रेष्ठको ८ सय ८९ मत आएको छ भने उनका निकटतम प्रतिद्वन्दी प्रगतीशीलकी डा. सुमित्रा अमात्यले ६ सय २० मत मात्रै प्राप्त गरेकी छिन् ।
 
त्यस्तै, उपाध्यक्षमा लोकतान्त्रिकका उमाशंकर शाहले ८सय ४३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माधव प्रसाद कोइरालाको ६ सय ३३ मत आएको छ । 
 
महासचिवमा लोकतान्त्रिकका उमेश प्रसाद थानीको ८ सय ५५ मत आउँदा निकटतम प्रतिद्वन्द्वी प्रगतीशीलका प्रदीप अधिकारीको ६ सय ३ मत आएको छ । त्यस्तै, उपमहासचिव पदमा लोकतान्त्रिकका रवि भूषण दाहालको ८ सय ७३ मत आउँदा निकटतम प्रतिद्वन्दी प्रगतिशीलका खिमानन्द कँडेलको ५ सय ७१ मत आएको छ । 
 
कोषाध्यक्ष्यमा पनि लोकतान्त्रिकका सुसन बैद्यको ७ सय ४१ मत आउँदा निकटतम प्रतिद्वन्द्वी प्रगतीशीलका सञ्जिव रोकायको ४ सय ६७ मत आएको छ ।  
 
अन्य सदस्यहरूमा पनि लोकतान्त्रिकका सदस्यहरू भारी मतले अगाडि रहेको पौडेलले जानकारी दिए । उनका अनुसार एउटा सदस्यबाहेक अरू सबैको २ सय ५० भन्दा बढीको मतान्तर रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ