arrow

पोखरा उद्योग वाणिज्य संघमा निर्वाचन सम्पन्न, मतगणना आईतबार बिहानदेखि

logo
प्रकाशित २०७३ असोज १ शनिबार
Pcci-Pokhara-Don-News-546x300.jpeg
काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको चुनावी साधारणसभा अन्तर्गत् नयाँ नेतृत्वको लागि भएको निर्वाचन सम्पन्न भएको छ । शनिबार पोखरा उद्योग वाणिज्य संघको भवनमा विहान ८ः२५ देखि अपराह्न ४ः२५ सम्म भएको निर्वाचनमा २४ सय भन्दा बढी मत खसेको अनुमान गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दूकुमार थापाले जानकारी दिए । 
 
कूल २७ सय २६ जना मतदाता रहेको संघको मत गणना भने आईतबार विहान ८ बजेदेखि सुरू गर्ने तयारी गरिएको पनि थापाले जानकारी दिए । मतपत्र अहिले प्रहरीको जिम्मा लगाईएको छ । 
 
पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि ६ जना उद्यमी व्यवसायीबीच प्रतिस्पर्धा हुँदैछ । ३१ गते उद्घाटन भई शनिबार भएको निर्वाचनमा अध्यक्षको लागि द्वितीय र प्रथम उपाध्यक्ष बनिसकेका देव क्षेत्रीले उम्मेदवारी दिएका छन् । उनको प्रतिद्वन्द्वीका रूपमा कार्यसमिति सदस्यहरू हीरा भट्टराई, धनिराम बराल, नारायण कोईराला, विश्वशंकर पालिखे, ईश्वर कर्माचार्य रहेका छन् । बजार सर्भेक्षणका क्रममा रोलक्रममा पनि अगाडि देखिएका क्षेत्रीको सम्भावना बढी रहेको बुझिन आएको छ । 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ