arrow

नेपाली मोडल पियूषको अन्तराष्ट्रिय सफलता, 'फेस अफ दी वर्ल्ड' मा भए तेस्रो

logo
प्रकाशित २०७३ असोज २ आइतबार
face-of-the-world.jpeg
काठमाडौं। नेपाली मोडल पियूष कर्णले लण्डनमा आयोजना भएको 'फेस अफ दी वर्ल्ड २०१६' मा तेस्रो स्थान हात पारेका छन्। 'फेस अफ दी वर्ल्ड २०१६' मा नेपाललाई प्रतिनिधित्व गर्दै उनले उक्त प्रतियोगीतामा तेस्रो स्थान हात पारेका हुन्। लण्डनको बर्लिङ्गटन होटलमा भएको फेस अफ दी वर्ल्ड २०१६ पियूषले बेस्ट रनवे विनर २०१६ को उपाधि पनि हात परेका छन्। 
 
'फेस अफ दी वल्ड २०१६' मा पहिलो पटक नेपालबाट मोडल पियूष कर्णले सहभागिता जनाएका हुन्। पियूषले नेपाललाई विश्वमाझ चिनाउनका लागि आफ्नो प्रयास सफल भएको बताएका छन्। लण्डनबाट पियूषले दिएको जानकारी अनुसार उनी 'फेस अफ दी वर्ल्ड' नेपालका डायरेक्टरमा पनि नियुक्त भएका छन्। पियूष २२ सेप्टेम्बरमा नेपाल फर्किदैछन्। नेपाल र भारतका विभिन्न ठाउँमा भएका र्‍याम्प शोमा समेत आफ्नो बाक्लो उपस्थिति जनाइसकेका पियूसले नेपालका केही फेसन शोको निर्णायक भएर पनि काम गरिसकेका छन्। बीरगञ्ज घर भई हाल काठमाडौंमा बस्दै आएका उनले बैंङलोरबाट उच्च शिक्षा हासिल गरेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ