arrow

ओलम्पिक संग्रहालयमा गुरुङ

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
Olampic .JPG.jpeg
काठमाडौं । नेपाल ओलम्पिक संग्रहालयको अन्तर्राष्ट्रिय समन्वय समिति संयोजकमा नारायण गुरुङ मनोनयन भएका छन् । आइतबार संग्रहालयको साग खेलकुद सूचना केन्द्रको कार्यालयमा भएको कार्यक्रममा ओलम्पियन नारायण गुरुङले आफ्नो खेलजीवनको अनुभवले नेपालको ओलम्पिक अभियानमा टेवा पुग्ने ऐतिहासिक वस्तुहरुको संकलन तथा संरक्षण र संग्रहालयद्धारा सञ्चालित सूचना केन्द्रलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न आवश्यक सहयोग गर्ने विचार राखे । 
 
संग्रहालयका उपाध्यक्षद्धय जितबहादुर केसी र दिपक विष्ट तथा कोषाध्यक्ष मञ्जु तुलाधरको उपस्थिति रहयो । संग्रहालयको संस्थापक सदस्य समेत रहेका नारायण गुरुङ नेपालको तर्फबाट वार्सिलोना ओलम्पिकमा सहभागी भइसकेका छन् । 
 
यस्तै, नेपालको तेक्वान्दो खेलमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन् । एनआरएनएका आइसीसी सदस्य तथा खेलकुद संयोजकको रहेका गुरुङको सक्रियतामा एनआरएनए र एनओसीकाबीच आपसी सहकार्यका लागि सम्झौता समेत भएको छ । नेपालमा २०५२ सालको ओलम्पिक डे का दिनदेखि ओलम्पिक अभियान सुरु भएको थियो । दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालय “नेपाल ओलम्पिक संग्रहालय”को विकास विस्तारलाई थप उचाई दिन गुरुङ ओलम्पियन संग्रहालयको संयोजक बने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ