arrow

इन्जिनियर्स एशोसिएसनमा लोकतान्त्रिक पक्षले इतिहास दोहोर्‍यायो, एउटा सदस्य बाहेक सबै विजयी

logo
प्रकाशित २०७३ असोज २ आइतबार
engineers-association-candidate.jpeg
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनमा लोकतान्त्रिक समूहले फेरि इतिहास दोहोर्या‍एको छ । यस भन्दा अगाडि पनि अन्य सम्पूर्ण पक्षलाई भारी मतले जितेर विजयी बनेको लोकतान्त्रिक समूहले यस पटक पनि इन्जिनियरिङ कार्यकारिणी परिषद्मा १४ जना र इन्जिनियरिङ परिषद्मा ५ जना गरी कूल २० मध्ये १९ जनाले विजय हाँसिल गरेका छन् । यस पटक प्रगतीशील तर्फकी अञ्जना भट्ट एकमात्रै विजयी बन्न सफल भईन् । 
 
आईतबार काठमाडौंमा सकिएको मत परिणामबाट म्यान अफ दि इलेक्सन अर्थात् सबैभन्दा बढी भोट पाउने व्यक्ति अध्यक्षमा विजयी भएका हरेराम श्रेष्ठ रहेका छन् । उनले २९ सय ६४ भोट ल्याएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी प्रगतीशीलकी डा. सुमित्रा अमात्यले दुई हजार १२ मत ल्याएकी छिन् । 
 
त्यस्तै, सबैभन्दा बढी अन्तरले प्रतिद्वन्द्वीमाथि विजय हासिल गर्नेमा सुशन बैद्य रहेका छन् उनले २५ सय ४५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशीलका सञ्जिव रोकायको १६ सय १ मत पाएको छन् ।  
 
त्यस्तै, उपाध्यक्षमा लोकतान्त्रिकका उमाशंकर शाहले २८ सय ५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माधव प्रसाद कोइरालाको दुई हजार ६८ मत पाएका छन् । 
 
महासचिवमा लोकतान्त्रिकका उमेश प्रसाद थानीको २६ सय ७५ मत आउँदा निकटतम प्रतिद्वन्द्वी प्रगतीशीलका प्रदीप अधिकारीको १९ सय ८० मत पाएको छन् । 
 
त्यस्तै, उपमहासचिव पदमा लोकतान्त्रिकका रवि भूषण झाको २८ सय ४१ मत आउँदा निकटतम प्रतिद्वन्दी प्रगतिशीलका खिमानन्द कँडेलको १९ सय २८ मत आएको छ । 
 
त्यस्तै, इन्जिनियरिङ परिषद्मा भने पाँचै जना लोकतान्त्रिक समूहले विजय हाँसिल गरेका छन् । जसमा श्रीराम न्यौपानेको २७ सय २४, शैलिता मानन्धरको २७ सय ३५, सुरेन्द्र श्रेष्ठको २८ सय, रोशन कुमार देवको २८ सय ४ र कृष्णदेव झाको २३ सय ३३ मत आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ