arrow

राष्ट्रिय महिला तथा पुरुष भलिबल : एपीएफलाई पराजित गर्दै न्यु डायमण्ड फाइनलमा

logo
प्रकाशित २०७३ असोज २ आइतबार
volleyball.jpg.jpeg
काठमाडौँ । राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नैकापको न्यु डायमण्ड एकेडेमीले सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको छ । 
 
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको सो प्रतियोगितामा न्यु डायमण्डले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । न्यु डायमण्डले एपीएफमाथि २५–२२, २५–२२ र २५–२३ को जित निकाल्यो । 
 
सोही मैदानमा आइतबारै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चल महिला भलिबल टिमलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै फाइनल चरणमा न्यु डायमन्डसँगको भेट पक्का ग¥यो । पुलिसले पश्चिमाञ्चललाई २७–२५, २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गरेको थियो । 
 
त्यसैगरी पुरुषतर्फको खेलमा भने भारती खेलाडीको बाहुल्यता रहेको हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान सुरक्षित ग¥यो । हेल्प नेपालले एपिएफलाई २५–२०, २५–१३ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो । 
 
त्यसैगरी आजै भएको अर्को सेमिफाइनल खेलमा नेपाली सेनाले पश्चिमाञ्चललाई ३–१ ले पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको छ । पहिलो सेट २९–२७ ले जितेको सेनाले दोस्रो सेट १५–२५ ले गुमाउन पुग्यो । त्यस्तै तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको सेनाले चौथो सेट २५–१७ ले जित्दै उपाधि नजिक पुगेको हो । 
 
नेपाल भलिबल सङ्घको आयोजना भएको उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फको उपाधि विजेताले ट्रफीसहित रु एक लाख २५ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७० हजार पाउँनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ