arrow

भारत–पाक वाकयुद्ध, युद्ध नै हुने खतरा

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
kashmir_bomb13.jpeg
काठमाडौं । यतिबेला भारत र पाकिस्तान युद्धको तयारीमा लागेको अनुमान गर्न थालिएको छ । भारत प्रशासित क्षेत्र कस्मीरको उरीमा आइतबार बिहान १७ भारतीय सेना मारिएपछि भारत निकै आक्रामक बनेको छ । उरीको सैन्य क्याम्पमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच वाकयुद्ध चलिरहेको छ ।
 
 
सैन्य क्याम्पमा भएको यो घटना माफीलायक हुनै नसक्ने भन्दै पाकिस्तानकै कारण भएको जनाउँदै सीधै पाकिस्तानमाथि हमला गर्नुपर्ने भारतीयहरु बताउँछन् । 
 
सोमबार निधन भएका सैनिकको अन्तिम संस्कार हुँदैछ । भारतका विभिन्न ठाउँमा पाकिस्तानको विरोधमा हिंसात्मक घटनासमेत भएका छन् । 
 
आतंकवादी हमला लगत्तै भारतले उक्त घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएपछि पाकिस्तानले सो आरोपको प्रतिवाद गरेको छ ।
 
दुबै मुलुकका संचारमाध्यमले ‘सम्भावित युद्ध’ का बारेमा विश्लेषणसमेत गरेका छन् । 
 
कश्मीरमा आतंकवादी हमला हुनु केही समयअघि पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले आवश्यकता परे पाकिस्तानले परमाणु हमला गर्न सक्ने धारणा व्यक्त गरेका थिए । उनको सो भनाइ लगत्तै कश्मीरमा आतंकवादी हमला हुनु संयोग नभएको भन्दै  ‘सम्भावित युद्ध’ बारे बहस चुलिएको छ ।
 
पाकिस्तानी रक्षामन्त्री आसिफका अनुसार देशको स्वतन्त्रता र सुरक्षामा कुनै किसिमको खतरा महसुस भएमा पाकिस्तानले कुनै पनि बेला परमाणु हतियार प्रयोग गर्न सक्छ । उनले पाकिस्तानसँग रहेको परमाणु हतियार सजावटका लागिमात्र नभएको टिप्पणी गर्दै आवश्यकता अनुसार प्रयोग हुने बताएका छन् ।
 
भारतले पनि सोही अनुसारको जवाफी कार्वाही गर्न सक्ने आँकलन गरिएको छ । 
 
 
कस्मीरमा भएको सो घटनापछि भारतीय गृहमन्त्री राजनाथ सिंहको अमेरिका र रुस भ्रमण नै स्थगित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ