arrow

महिन्द्राको आधुनिक शोरुम जनकपुरमा

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
SHOWROOM-OPENING.jpeg
काठमाडौं ।  महिन्द्रा गाडीको आधुनिक शोरुम जनकपुरमा संचालनमा आएको  छ । महिन्द्राको आधिकारीक विक्रेता अग्नी गुप्र अन्तर्गतको नयाँ शोरुम श्री कृष्ण डिष्ट्रीब्यूटर्स सुरु भएको हो । शोरुम जनकपुर–१४ स्थित मुजेलियामा रहेको छ । 
 
 ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप शोरुम मार्फत कम्पनीले महिन्द्राका एमयुभिएस , एसयुभिएस , ट्रयाक्टर र पनवरफुल जेनेरेटर पनि उपलब्ध गराएको छ । यसका साथै एसयुभिएस निकै लोकप्रिय मोडलहरु पनि जनकपुरको सो शोरुमबाट बिक्री वितरण हुने  कम्पनीले जनाएको छ ।
 
कम्पनीले दशैं–तिहारलाई लक्षित गरि “दशैं उत्सव अफर” ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकहरुले  केयुभि१०० र टियुभि३०० गाडीको खरिदमा ल्याएको फ्रि फुल फ्लेडेज सर्भिस , फ्रि एसेसोरिज र फ्रि रोड ट्याक्स नयाँ शोरुमबाट गाडी खरिद गर्ने ग्राहकहरुले पाउनेछन् ।
 
महिन्द्राले नेपाली सेवाग्राही समक्ष सफलतापूर्वक आफ्ना सेवाहरु सञ्चालन गर्दै आएको छ । कम्पनीको जनकपुरमा नयाँ शोरुम शुभारम्भ सँगै महिन्द्राका ग्राहकहरुलाई थप सेवा सुविधा प्राप्त हुने कम्पनीको जारी विज्ञाप्तिमा जनाइएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ