arrow

स्थानीय काँग्रेस नेतृत्वको कमजोरीका कारण पोखरा उद्योग वाणिज्य संघमा एमाले हाबी

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
pokhara-CCI.jpeg
काठमाडौं। पोखरा उद्योग वाणिज्य संघमा स्थानिय काँग्रेस नेतृत्वको कमजोरीका कारण एमालेले आफ्नो उपस्थिति बलियो बनाएको छ। आईतबार राती सम्पन्न भएको मत परिणाममा पोखराको जेठो निजी संस्थाको रुपमा मानिएको संघमा अध्यक्षमा विजयी भएका विश्वशंकर पालिखे काँग्रेस हुन्। 
 
तर उनलाई सहयोग गर्न स्थानिय काँग्रेस नेतृत्वले देखाउन नसकेको तत्परताले उनी आफै प्यानल बनाउन वाध्य भएका थिए। काँग्रेसको स्थानिय नेतृत्वले उम्मेदवार बनाएकाहरु पनि पराजित भएपछि त्यहाँ काँग्रेस नेतृत्व संङ्कटमा पनि परेको छ। सबै काँग्रेस निकटहरु नै अध्यक्षमा उम्मेद्वार हुँदा पनि मिलाउन नसकेर कमजोर उम्मेदवारको पक्षमा रहँदा व्यवसायीहरुमाझ काँग्रेस नेतृत्वको स्थिति पनि उदाङगिएको छ। परिणामस्वरुप एमाले निकट व्यवसायीहरुले मौकामा चौका हाने। चुनावमा एमाले निकटका व्यवसायीहरुको उल्लेख्य संख्या कार्यसमितिमा निर्वाचित भयो।  
 
निकटम प्रतिद्वन्द्वी देव क्षेत्रीलाई करिब एक सय मत अन्तरले हराउँदै पालिखे पोखराको उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका हुन्। विजयी बनेका अध्यक्ष पालिखेले ९ सय ५५ मत ल्याएका छन्। अध्यक्षका ६ जना उम्मेदवार मध्ये देव क्षेत्री दोस्रो स्थानमा आएका छन्। उनले ८ सय मत ल्याएका छन् भने नारायण कोइराला तेस्रो स्थानमा आए। उनको ४ सय ११ मत आएको छ। चौथो स्थानमा महिला उम्मेदवार हिरा भट्टराई, पाँचौ स्थानमा ईश्वर कर्माचार्य आएका छन्। सबैभन्दा थोरै मत धनिराम बरालले पाए।
 
पदाधिकारी अन्तर्गत वरिष्ठ उपाध्यक्षमा रविन्द्रबहादुर प्रजू निर्वाचित भए। उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्की भए भने वाणिज्य तर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी विजयी भइन् । महासचिवमा दामु अधिकारी, उपमहासचिवमा अर्जुन पोखरेल र कोषाध्यक्षमा पवनकुमार प्रजापती विजयी भए। वाणिज्य तर्फको उपाध्यक्षमा विजयी कोइराला स्वतन्त्र उम्मेदवार हुन् भने उपमहासचिवमा विजयी पोखरेल देब क्षेत्री प्यानलका उम्मेदवार हुन्। पदाधिकारीमा विजयी अन्य सबै उम्मेदवारहरु पालिखे प्यानलका हुन्।
 
पालिखे प्यानललाई एमालेले समर्थन गरेको थियो । नेपाली काँग्रेसले ६ जनालाई नै आफ्नो उम्मेदवार भनेपनि अहिले जितेको पालिखेपक्षमा धेरै उम्मेदवारहरू एमालेले आफ्नो मान्छे राखेको थियो र त्यही उम्मेदवारहरूले जीत पनि हाँसिल गरेका छन्। लामो समयदेखि संघमा वर्चस्व जमाएको काँग्रेसको आफ्नै कमजोरीको कारणले संघको अधिकांश हिस्सा एमालेलाई सुम्पिनुपरेको जानकारहरू बताउँछन्।
 
त्यसैगरी खुल्ला सदस्यमा अनिल सिग्देल १५६८ मत, किसान सुनार १३४० मत, गीता तिवारी १११८ मत,गोमा ढकाल ११४३ मत, चीनु गुरुङ १३३५ मत, देवकृष्ण काफ्ले १२९२ मत,प्रेम वहादुर भूजेल ११६५ मत,यदुनाथ अधिकारी १३५५ मत, सीता बराल १५१३ मत र सुरेन्द्रमान बिजुक्छे १३७० मत विजयी भएका छन्। सदस्यमा विजयी चिनु गुरुङ र गोमा ढकाल मात्र देब क्षेत्री प्यानल भएर निर्बाचनमा होमिएका छन ।
 
कसको कति मत आयो ?
अध्यक्ष 
१, ईश्वर कर्मचार्य १२३
२, देव क्षेत्री ८००
३, धनिराम बराल ४४
४, नारायण कोइराला ४११
५, बिश्व शंकर पालिखे ९५५ (बिजयी)
६, हिरा भट्टराई १६३
 
वरिष्ठ उपाध्यक्षको उमेदवार
१, मिनराज काफ्ले १०४०
२, रविन्द्र वहादुर प्रजु १४५४ बिजयी)
उपाध्यक्ष (उद्योग)
१, गोकर्ण कार्की १२४१ (बिजयी)
२, सीता गुरुङ उपाध्यक्ष १२४०
 
उपाध्यक्ष (बाणिज्य ) 
१, केदारनाथ भट्टराई ८२८
२, विन्दु कोईराला सुवेदी ९६२ (बिजयी)
३, सुरेश अधिकारी ६९०
 
महासचिव
१, दामु अधिकारी १४९६ (बिजयी)
२, लक्ष्मी पाण्डे १०८९
 
कोषाध्यक्ष 
१, जनकराज पराजुली ९७५
२, पवन कुमार प्रजापती १५१८ (बिजयी)
 
उपमहासचिव 
१, अर्जुन पोखरेल १०९८ (बिजयी)
२, धर्मराज अर्याल ३९४
३, नविन बराल ९९१
 
सदस्यहरुको मत परिणाम
अनिल सिग्देल १५६८ विजयी
सीता बराल १५१३ विजयी
सुरेन्द्रमान बिजुक्छे १३७० विजयी
यदुनाथ अधिकारी १३५५ विजयी
किसान सुनार १३४० विजयी
चीनु गुरुङ १३३५ विजयी
देव कृष्ण काफ्ले १२९२ विजयी
प्रेम वहादुर भूजेल ११६५ विजयी
गोमा ढकाल ११४३ विजयी
गीता तिवारी १११८ विजयी
अर्जुन खनाल ८५१
कुमारी मुना वास्तोला ११०४
कृष्ण रानाभाट ५११
गिरीधारी शर्मा १०२६
नवराज त्रिपाठी ८६६
पवित्रा देवि गुरुङ १०१८
प्रेम प्रसाद पौडेल १०१३
बलराम आचार्य ९१३
महेश्वर पोखरेल ६८८
हरिराज पन्त ८८८
हिमालय बख्रेल ८८९



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ