arrow

शारदा शर्माको कम्प सार्वजनिक; नेपाललाई नर्कसँग तुलना

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
kampa.jpeg
काठमाडौं। साहित्यकार शारदा शर्माको दोस्रो उपन्यास कम्पको काठमाडौंमा सार्वजनिक गरिएको छ। सार्वजनिक कार्यक्रममा कम्पको बारेमा बोल्नेहरुले यसको उच्च प्रशंसा गरे। टिप्पणीका लागि आएका साहित्यकारहरुले शर्माको एघारौ कृति तथा दोस्रो उपन्यास कम्पको टिप्पणी भन्दा ज्यादा प्रशंसा गरे। समालोचनाका लागि कहलिएका साहित्यकार खगेन्द्र संग्रौलाले पनि शर्माको कृतिलाई बारेमा प्रसंसाको माला लगाइदिएपछि शर्माको कृतीको पाठकमाझ व्यापक चर्चा भएको छ। 
 
चित्राङगदा नामक नारि पात्रलाई मुख्य पात्र बनाइएको सो उपन्यासमा उनले उठाएका मुद्धाहरुले ल्याएको कम्पलाई यहाँ उपन्यासमा सघन रुपमा उठाइएको  छ। पृथ्वीमा मात्र हैन मरेपछि नर्कमा पुगेकी ती पात्रले त्यहाँ पनि गर्नुपरेको विद्रोह र त्यहाँका धर्मराजसँग उठाएका मुद्धाहरुले ल्याएको कम्पलाई यहाँ लेखिकाले प्रस्तुत गरेकी छिन्। 
 
लेखिका शर्माले कृति सार्वजनिक कार्यक्रममा भुकम्प पछि कृतीको तयार गरिएको सुनाइन। उनले भुकम्पको पृष्ठभुमिबाट उपन्यास शुरु भएपनि एउटा महिला मार्फत समाज र संरचनाको पूनर्संरचनाको आवाज उठाउँदा देखिएको कम्प नै उपन्यासको बिषय भएको बताइन। उपन्यासमा कतिपय स्वरैकल्पना पनि उपन्यासमा मसाइएको उनले प्रष्ट पारिन।
 
उनको कुरामा साथ दिदै राष्ट्रकवी माधव प्रसाद घिमिरेले उपन्यास कम्पले वर्तमानको संरचना र तिनका अगुवाहरुलाई कम्पित गराइदिएको बताए। उनले भुमण्डलको बिषय भन्दा पृथक नर्कको विषयमा पनि आफ्नो स्वरैकल्पनाको प्रयोग गरेर सुन्दर ढंगले लेखिएकोमा लेखिकाको प्रसंसा गरे।
 
समालोचक खगेन्द्र संग्रौलाले कृति माथि लामो टिप्पणी गरे। लेखिका शर्माले कृतिमा स्वरैकल्पनाको प्रयोग भव्य रुपमा गरिएको बताए। उनले नर्कको बारेमा लेखिकाले गरेको स्वरैकल्पनाको प्रयोगको प्रसंसा गर्दा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्न भ्याइ हाले। उनले शर्माको स्वरैकल्पनालाई केपी ओलीको 'हावादारी' स्वरैकल्पना भन्दा उत्कृष्ठ भएको बताए। 
 
उनले लेखिकाले गरेको नर्कको बयान अहिलेको नेपालसँग मिल्दोजुल्दो रहेको टिप्पणी गरे। लेखिकाले नर्कको बयान गरेपनि त्यो नर्क नेपाल नै भएको उनको जिकिर थियो। नेपाललाई नर्कसँग टासेर भनिएको कथा हो कम्प उनको भनाइ थियो। 
 
नेपालमा जस्तै नर्कमा पनि गोरखाका नन्दप्रसादहरु सडकमा अनशन बसिरहेका छन्। चरि र घैटेहरु त्यहाँ पनि मोजमस्ती गरिरहेका छन्। घुस खुवन नसक्नेहरु फट्याइ गर्न नसक्नेहरु डनगिरी देखाउन नसक्नेहरु धम्क्याउन नसक्नेहरु नर्कमा पनि पिडित छन् उनीहरुको पृथ्वी त आफ्नो रहेन रहेन नर्क पनि रहेन संग्रौलाले भने। 
 
संग्रौलाले लोकमान बनाउनेहरुले र लोकमानबाट प्रताडित हुनेहरुले पुस्तक पढ्नुपर्ने बताए। सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तकको शारदा शर्माको आमा राधाकुमारीले सार्वजनिक गरेकी हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ