arrow

तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल न्यु डायमण्ड र हेल्प नेपाललाई

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
volleyball.jpeg
काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले उपाधि जितेका छन् । महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले र विभागीय टोली नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने हेल्प नेपालले त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा हरायो ।
 
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडेमीले पुलिसलाई २५–१८, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । पुलिस टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता भए पनि न्यु डायमन्डले एकपक्षीय रुपमा खेल जित्यो । 
 
डायमन्डलाई जिताउन प्रतिभा माली, ललिता नाथ र कृपा अधिकारीले उत्कृष्ट खेल खेले । प्रतिभाले स्पाइकबाट २९, ब्लकबाट २ र सर्भिसबाट ४ महत्वपूर्ण अंक बटुलिन । त्यसैगरी कप्तान ललिता नाथले स्पाइकबाट ३ र ब्लकमा २ अंक जोड्न सफल भइन् । पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट ८ र ब्लकबाट एक अंक जोडे पनि टोलीलाई जित दिलाउन सकिनन् । 
 
त्यसैगरी पुरुषतर्फको फाइनल खेलमा भारतीय खेलाडीको बाहुल्यता रहेको हेल्प नेपाल क्लवले नेपली सेनाको त्रिभुवन आर्मी क्लवलाई २५–२१, २७–२५ र २५–१७ को सोझो सेटमा हरायो । 
 
हेल्प नेपाललाई उपाधि दिलाउन शुभम् चौधरीले स्पाइकबाट २६ अंक बटुले । आर्मीका नरेन्द्र गिरीले स्पाइकबाट १६ र मानबहादुर श्रेष्ठले स्पाइकबाट ८ र ब्लकबाट २ अंक जोडे पनि टोलीलाई विजयी बनाउन सकेनन् । 
    
त्यसैगरी तेस्रो स्थानका लागि भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लवले टप्स पश्चिमाञ्चललाई २५–२१, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो ।
 
 टप्स पश्चिमाञ्चलकी मञ्जु गुरुङ र अरुणा शाही जम्न नसक्दा एपीएफले सहज विजय प्राप्त ग¥यो । त्यसैगरी पुरुषतर्फको तेस्रो स्थानको खेलमा विभागीय टोली एपीएफले पश्चिमाञ्चललाई ३–२ को सेटमा हरायो ।
 
 एपीएफले  २५–२३, १९–२५, २५–१९, २९–३१ र १५–६ को सेटबाट हरायो । नेपाल भलिबल संघको वार्षिक क्यालेन्डरअनुसार भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो । 
 
प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेता न्यु डायमन्ड र हेल्प नेपालले ट्रफीसहित नगद १ लाख २५ हजार रूपैयाँ प्राप्त गरे भने उपविजेता नेपाल पुलिस क्लव र नेपाली सेनाले नगद ७०÷७० हजार रूपैयाँ प्राप्त गरे । 
 
त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका एपीएफका महिला तथा पुरुष टोलीले ५०÷५० रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली  र पुरुषतर्फ हेल्प नेपालका शुभम् चौधरी उत्कृष्ट खेलाडी घोषित भए । 
 
उनीहरुले १५÷१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी महिलातर्फ सेटरमा न्यु डायमन्डकी कृपा अधिकारी, डिफेन्समा न्यु डायमन्डकै सलिना श्रेष्ठ घोषित भइन् भने स्पाइकरमा नेपाल पुलिसकी कोपिला उप्रेती र वेष्ट सर्भरमा टप्स पश्चिमाञ्चलकी अरुणा शाही घोषित भए ।
 
त्यसैगरी पुरुषतर्फ बेष्ट स्पाइकरमा नेपाली सेनाका नरेन्द्र गिरी, सेटरमा हेल्प नेपालका विकास चौधरी, ब्लकमा हेल्प नेपालकै शुभे सिंह, डिफेन्समा हेल्प नेपालका मोहन पुन र सर्भरमा सेनाका मानबहादुर श्रेष्ठ घोषित भए । 
 
विधागत रुपमा उत्कृष्ट हुने जनही ५ हजार पुरस्कार प्राप्त गरे । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ