arrow

कडा भिडन्त, मनाङ र झापा आमने सामने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
583724209.jpeg
 
काठमाडौं। रेडबुल राष्ट्रिय लिग फुटबलमा आज मनाङ मस्र्याङ्दी र झापा एघार भिड्दै छन् । तेस्रो स्थानको झापा र चौथो स्थानमा रहेको मनाङबीचको खेलले उपाधि होडमा उचारचढाव ल्याउने छ । यो खेलमा झापा विजयी भए शीर्ष स्थानमा उक्लिने छ भने मनाङ विजयी भए सोस्रो स्थानमा उक्लिने छ । बराबरी भएको खण्डमा झापा दोस्रो स्थानमा उक्लिँदा मनाङ यथा स्थानमा रहने छ । १३ खेलबाट झापाको २४ अंक छ । एक खेल कम खेलेको मनाङको २२ अंक छ ।
 
उता, नेपाल पुलिस क्लवको खराव लय जारी छ । पुलिसले १४औं खेलमा मोरङ फुटवल क्लवसंग १–१ को बराबरी खेल्दै खराब लयलाई जारी राखेको हो । मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दोस्रो हाफपछि ७६औं मिनेटमा योगेश श्रेष्ठले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । 
 
इन्जुरी समयमा मोरङका निरज बस्नेतले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । यो बराबरीसंगै पुलिसको १४ खेलबाट १३ अंक भएको छ भने पुछारको मोरङको १५ खेलबाट ७ अंक भएको छ । लिगमा १३ खेलबाट २६ अंक जोडेको थ्रीस्टार शीर्ष स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ