arrow

कतार एयरवेज “बेष्ट अप इन दि एयर”उपाधीद्वारा सम्मानित

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
qatar-airways.jpeg
लास भेगास। कतार एयरवेजलाई लास भेगासमा आयोजित फ्यूचर ट्राभल एक्सपेरियन्स ग्लोबल २०१६मा “बेष्ट अप इन दि एयर” उपाधीद्वारा सम्मानित गरिएको छ। पछिल्लो बर्षपनि कतार एयरवेजले यो उपाधी हात पार्न सफल भएको थियो। यात्रु अनुभवलाई उत्कृष्टता प्रदान गर्न निरन्तर रुपमा प्रतिबद्ध अग्रणी एयरलाइन्सलाई प्रोत्साहन गर्नु “बेष्ट अप इन दि एयर” अवार्ड्सको लक्ष्य हो। उद्योगमै सर्वोत्कृष्ट इन फ्लाइट अनुभव प्रदान गर्न कतार एयरवेजको अथक प्रयासको कदर स्वरुप यो उपाधी दिइएको हो। एयरबस ए३५०को सञ्चालन विश्वभर गर्ने पहिलो एयरलाइन, ओरेक्स वानको साथमा ईन फ्लाइट मनोरञ्जन प्रणालीलाई परिस्कृत गरेको, सबै फ्लिटमा अनबोर्ड वाईफाईको उपलब्धता, क्याविन क्रुको विकासका लागि गरिएको लगानी लगायत कुरालाई पनि अवार्डले विशेष मान्यता प्रदान गरेको छ।
 
“लगातार दोस्रो बर्षपनि उपधीद्वारा सम्मानित हुनपाउँदा हामीलाई निकै गर्व लागेको छ” कतार एयरवेजका गु्रप चिप एक्जेक्यूटिभ अकबर अल बाकरले भने ‘ यसको श्रेय हाम्रो सोचलाई सार्थकता प्रदान गर्न निरन्तर मेहेनत गर्ने हाम्रा समग्र क्रु मेम्बरलाई जान्छ।” “आफ्ना यात्रुलाई सदैव उत्कृष्टताको अनुभव दिनु नै हाम्रो उद्देश्य रहँदै आएको छ ” कतार एयरवेजका वरिष्ठ उपाध्यक्ष (कष्टमर एक्स्पेरियन्स) रोसेन डिमिट्रोभले भने “सेवामा थप उत्कृष्टता ल्याउँदै यात्रुलाई अझ उत्कृष्ट अनुभव तथा सम्झना प्रदान गर्न हामीलाई यसले थप हौसला प्रदान गरेको छ।”
एयरलाइन प्यासेन्जर एक्स्पेरियन्स एसोसिएशन (एपेक्स)का प्रमुख कार्यकारी अधिकृत जो लिडरले डिमिट्रोभलाई उक्त सम्मानित अवार्ड हस्तान्तरण गरेका हुन्।
 
स्टेट अफ आर्ट हब हमाद ईन्टरनेशनल एयरपोर्टबाट संसारकै सर्वाधिक नयाँ मध्यका फ्लिट्स उडाइरहेको कतार एयरवेजलाई  ईन्टरनेशनल एयर ट्रान्सपोर्ट रेटिङ अर्गनाइजेशन स्काइट्रयाक्सद्वारा आयोजित २०१६ वल्र्ड एयरलाइन अवार्डमा वल्र्ड्स बेष्ट बिजनेश क्लास, बेष्ट बिजनेश क्लास एयरलाइन लाउन्ज र बेष्ट एयरलाइन स्टाफ सर्भिस इन द मिडल इष्ट उपाधीद्वारापनि सम्मानित गरिएको थियो। 
 
सन् २०१५मा सार्वजनिक गरिएको कतार एयरवेजको इनफ्लाइट ईन्टरटेनमेण्ट सिष्टम ओरेक्स वानमा बृहत छनोटका विकल्पहरु उपलब्ध रहेका छन्। यात्रुले यसको माध्यमबाट चलचित्र, टीभी, गेम्स, अडियो लगायत ३ हजार मनोरञ्जनका विकल्प पाउँछन्। हलिउडका लेटेस्ट प्रिमियर्सदेखि बलिउडका उत्कृष्ट, अरेबिक ब्लकबस्टर्स, बाल चलचित्र, क्लासिक सिनेमा लगायतको साथमा यात्रु कतार एयरवेजले उडान भर्ने १ सय ५० गनतब्य मध्य कुनैमा पनि घण्टौँ सम्मको मनोरञ्जन लिन सक्छन्।
 
कतार एयरवेजले आफ्नो स्टेट अफ आर्ट फ्लिटमा वाईफाई सेवा उपलब्ध गराउन संसारमै सर्वाधिक तिब्र गतिमा अगाडी बढी रहेको दुरसञ्चार कम्पनी ओरिडोसँग सहकार्य गरेको छ। कतार एयरवेजको अनबोर्ड वाईफाई वतथा जीएसएम सेवाको माध्यमबाट बी७८७, ए३५०, ए३८०, ए३१९ तथा ए३२० र ए३३० मार्फत हवाई सेवा लिने यात्रुहरुले आफ्ना विश्वभरका साथीभाई तथा आफन्तसँग निरन्तर सम्पर्कमा रहने सुविधा पाउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ