arrow

उर्जा संकटकाल विधेयक अर्थ मन्त्रालयमै अड्कियो

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
artha-mantralaya_Nepal.jpeg
काठमाडौं । १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य कार्यान्वयनका लागि ल्याउनुपर्ने ऊर्जा संकटकाल विधेयक अर्थ मन्त्रालयमा अड्किएको छ। 
 
८ फागुन २०७२ मा मन्त्रिपरिषदले पारित गरेको राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजनाले तीन महिनाभित्र उर्जा संकटकाल विधेयक ल्याउने घोषणा गरेकोमा अहिले अर्थ मन्त्रालयमा अड्किएको हो।
 
मन्त्रिपरिषद्ले कार्ययोजना पारित गरेको ७ महिना वितिसकेको छ तर हालसम्म मन्त्रिपरिषदबाट पारित गरेर संसदमा समेत पुगेको छैन।
 
ढिलो गरी गत असारमा मात्र ऊर्जा मन्त्रालयले विधेयकको मस्यौदा अर्थ मन्त्रालयमा पठाएको थियो ।
 
अर्थ मन्त्रालयको सहमतिपछि फेरि रायका लागि कानुन मन्त्रालय पठाउनुपर्ने भएकाले ऊर्जा संकटकाल विधेयक संसदबाट पारित हुन अझै लामो समय लाग्ने देखिन्छ। (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ