arrow

बाढीसँगै पहिरो गएपछि १० जनाको मृत्यु, ३० बढी घाइते

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
indonesia-pahiro-new.jpeg
काठमाडौं । इन्डोनेसियाको जाभा प्रान्तमा मंगलबार राति बाढीसँगै आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ । पहिरोमा परी ३० बढी घाइते भएको प्रकोप एजेन्सीका प्रवक्तालाई उदृत अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
 
पश्चिम जाभामा ८ जनाको मृत्यु भएको र १ जना वेपत्ता भएका छन् । यस्तै सुमिडाङ जिल्लामा पहिरोले दुई घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । 
 
पहिरोमा परी ३ जना हराइरहेका छन् । हराइरहेकाहरुको सुरक्षाकर्मी र स्थानीयहरु मिलेर  खोजी गरिरहेका छन् । उद्दार कार्य पनि जारी छ । बाढीका कारण गरुट जिल्लामा सय बढी नागरिक विस्थापित भएका छन् । विस्थापित भएकाहरुलाई सरकारी भवनमा राखिएको छ । –एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ