एजेन्सी । हलिउडका चर्चित जोडि ब्राड पिट र एन्जोलिना जोलीले छुटिने भएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्राड -एन्जोलिना सम्बन्ध बिच्छेद गर्ने भएका हुन् । सो चर्चित जोडिले सम्बन्धबिच्छेद किन गर्न चाहेको हो सो कुरा भने खुलाइएको छैन ।
अमेरिकी वेबसाइट सिएनएनका अनुसार एन्जोलिनाले सम्बन्ध बिच्छेदको लागि फार्म भरेकी छन् । साथै उनले आफ्ना ६ जना बालबच्चा आफैले राख्न पाउन आग्रह समेत गरेकी छन् । एन्जोलिनाले ब्राडसँग छुटिन मिति सेक्टेम्बर १५ तोकेकि छन् ।
यो भन्दा पहिले पनि दुई अलग हुदै भन्ने समाचार आएका थिए । लेख तथा समाचारहरुमा एन्जोलिनाको कारण समबन्धमा समस्या रहेको दावी गरिएको थियो । ब्राड पिट अहिले २३ बर्षीय अभिनेत्री सेलेना गोम्स र कारा डेलाविनीसँग रमाइलो गरिरहेका छन् । पिट काराको ट्यालेन्टलाई विश्व सामु ल्याउन चाहाको बताउदै आएका छन् ।